site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
सडक दुर्घटनामा ६ महिनामा २८१ ले ज्यान गुमाए
Sarbottam CementSarbottam Cement

महोत्तरी । मधेस प्रदेशमा सडक दुर्घटना र यसबाट हुने मानवीय क्षति बर्सेनि बढ्दो छ । चालु आर्थिक वर्ष २०७९÷८० को अर्धवार्षिक प्रतिवेदनअनुसार ६ महिनामा यो प्रदेशमा २८१ ले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

प्रदेशको नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय पथलैया (बारा)को आव २०७९÷८० को अर्धवार्षिक घटना प्रतिवेदनले यो तथ्याङ्क देखाएको हो ।

गत साउन १ गतेदेखि पुस मसान्तसम्मका ६ महिनामा सडक दुर्घटनाका दुई हजार ८७६ घटना भएका छन् । यी घटनामा चार हजार ३७१  घाइते भएका र २८१ जनाले ज्यान गुमाएका कार्यालयका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक लक्ष्मीप्रसाद भण्डारीले बताए । बारामा मात्रै सडक दुर्घटनाका घटनामा ६ महिनाभित्र ६४ जनाको मृत्यु भएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

पर्सामा सो अवधिमा २२ जनाको सडक दुर्घटनामा ज्यान गएको छ । गत साउनदेखि पुस मसान्तभित्र धनुषामा ४१, महोत्तरीमा ३५, सप्तरी र सर्लाहीमा ३३÷३३, रौतहटमा २७ र सिरहामा २६ को ज्यान गएको छ ।

दिनहुँ बढ्दै गएका सवारी साधनको चाप र चालकको लापरवाही नै दुर्घटनाको मुख्य कारण देखिएको ट्राफिक प्रहरीको अनुभव छ । मानवीय क्षतिका घटना मोटरसाइकल दुर्घटनामा बढी भएका छन् । तीव्र गतिमा मोटरसाइकल हुइँक्याउने हुँदा यो साधनको दुर्घटनामा बढी मानवीय क्षति हुने गरेको ट्राफिक प्रहरीको भनाइ छ ।

Global Ime bank

प्रदेशभित्र आव २०७६÷७७ मा एक हजार ३४०, २०७७÷७८ मा तीन हजार ९८३ र  २०७८÷७९ मा पाँच हजार ७११ सडक दुर्घटनाका घटना भए । ती घटनामा क्रमशः ४०९, ४९८ र ५७१ जनाको मृत्यु भएको तथ्याङ्क छ । 

त्यसैगरी दुर्घटनामा घाइते हुने क्रमशः एक हजार ८६७, ६ हजार चार र नौ हजार ४६४ रहेको प्रतिवेदन उल्लेख छ । पछिल्ला वर्षमा दुर्घटना, घाइते र मृतक बढेका प्रतिवेदनले देखाएको छ । ट्राफिक प्रहरीले दुर्घटना न्यूनीकरण गर्न सघन जाँच र सचेतना कार्यक्रम बढाउँदै लगिएको जनाइएको छ । 

प्रदेशका आठवटै जिल्लामा ट्राफिक सचेतनाका कार्यक्रम निरन्तर आयोजना गरिएका र यस्ता कार्यक्रममा सवारी धनी, सवारी चालक, विद्यार्थी र बाटो हिँड्ने यात्रीलाई सामेल गर्ने गरिएको प्रनाउ भण्डारी बताउँछन् । योबाहेक राजमार्ग र सहायक मार्गमा छड्के र नियमित जाँचसँगै कारबाही पनि बढाइएको छ ।

“६ महिनामै एक लाख ४६ हजार १८० वटा (दोहोरिएकासमेत) सवारी साधनलाई कारबाही गरेका छौँ । यसबाट रु १० करोड ७७ लाख १५ हजार ५०० राजस्व सङ्कलन भएको छ,” प्रनाउ भण्डारी भन्छन्, “विगत वर्षभन्दा जारी आवको ६ महिनाको दुर्घटना र मानवीय क्षतिको सङ्ख्या अर्धवार्षिक अनुपातमा हेर्दा बढेकै छ ।” 

आव २०७६÷७७ मा एक लाख ९१ हजार ५२६, आव २०७७÷७८ मा दुई लाख ५९ हजार १८८ र आव २०७८÷७९ मा दुई लाख ६४ हजार ३१० सवारी साधन जाँचको क्रममा कारबाहीमा परेका थिए । 

ती वर्षमा क्रमशः १२ करोड १६ लाख ६८ हजार ५००, १९ करोड १६ लाख ३७ हजार र २२ करोड ४४ लाख ४० हजार ५०० राजस्व सङ्कलन गरिएको तथ्याङ्क छ । दुर्घटना र क्षति न्यूनीकरण गर्न समाजका सबै वर्ग, यात्रु, सवारीसाधन धनी र चालकमा सचेतता र जिम्मेवारीबोध बढ्न आवश्यक रहेको जनाइएको छ । रासस

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १५:२९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC