site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
अत्यावश्यक औषधि नेपालमै बनाउने कार्यविधि बनाउन औषधि व्यवस्था विभागलाई मन्त्री गिरीको आग्रह
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरू बिक्री भइरहेको गुनासो आइरहेको भन्दै सबै ठाउँमा निगरानी बढाउन निर्देशन दिएका छन् । 

मंगलबार औषधि व्यवस्था विभागको अनुगमन तथा ब्रिफिङ लिने क्रममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले विभागलाई यस्तो निर्देशन दिएका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

उनले सीमित क्षेत्रको भन्दा पनि अब सबै ठाउँका फार्मेसीको निरीक्षण र नियमन गर्न आवश्यक रहेको बताए । उनले निगरानी र निरीक्षणको विषयमा आवश्यक जनशक्ति नभएको वा अन्य कुनैपनि बहाना नबनाई प्रतिवद्ध भएर निरीक्षणमा लाग्न आग्रह गरे । उनले नागरिकको स्वास्थ्यमा कसैले पनि खेलवाड गर्न नमिल्ने बताउँदै आफूले दिएका निर्देशनहरू प्रभावकारी कार्यान्वयन गर्न निर्देशन दिए । 

उनले विभागमा ठोस योजनाका साथ अघि बढ्नुपर्ने बताए । उनले विभागले चाँडोभन्दा चाँडो कार्ययोजना बनाई मन्त्रालयमा आफ्ना मागहरू लिएर आउन आग्रह गरे । मन्त्री गिरीले नेपालमा नै अत्यावश्यक औषधि उत्पादन गर्नुपर्ने बताए । उनले नविकरणसम्बन्धी कामहरू अनलाइन प्रणालीबाट गराउन पनि निर्देशन दिए । 

Global Ime bank

मन्त्री गिरीले स्वास्थ्य विभागमा पूर्वाधारको दुरावस्था रहेको भन्दै पूर्वाधारको निर्माण गरेर अघि बढ्न निर्देशन दिए । मन्त्री गिरीले स्वास्थ्यको क्षेत्रमा अब नेपालमा आधारभूत रूपले जनताले अनुभूति गर्ने गरी स्वास्थ्य क्षेत्रको सुधार गर्न आवश्यक रहेको बताए ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC