site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
महिन्द्राको फ्ल्यागसिप एक्सयूभी ७०० नेपालमा सार्वजनिक
Sarbottam CementSarbottam Cement

काठमाडौं । महिन्द्राले आफ्नो फ्ल्यागसिप ग्लोबल एसयूभी– एक्सयूभी ७०० नेपालमा सार्वजनिक गरेको छ ।

महिन्द्राले सोमबार पानीपोखरी सोरुममा एसयूभी–७०० सार्वजनिक गरेको हो । एक्सयूभी ७०० नेपालको पहिलो महिन्द्रा एसयूभी बनेको छ, जुन नयाँ पहिचान – ट्विन पिक्स लोगोको साथ आएको छ । 

भारतबाहिर दक्षिण अफ्रिकापछि नेपाल दोस्रो बजार हो । जहाँ एक्सयूभी ७०० लन्च गरिएको कम्पनीले जनाएको छ । नेपालमा एक्सयूभी ७०० पाँच र सात सिट क्षमताको म्यानुअल र अटोमेटिक अप्सनसहितको पेट्रोल इन्जिनमा उपलब्ध हुने महिन्द्राले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

एक्सयूभी ७०० भारतको सबैभन्दा प्रतिष्ठित इन्डियन कार अफ द इयर अवार्ड २०२२ को विजेता, र कुल ३१ पुरस्कारहरू विजेता सबैभन्दा सम्मानित कार हो ।

एक्सयूभी ७०० मा २४ घण्टामा चार हजार किलोमिटर दूरी तय गर्ने सहनशक्ति रेकर्ड ब्रेक पनि समावेश छ । एक्सयूभी ७०० भारतको सबैभन्दा अग्लो मोटरेबल सडक–उमलिंग ला यात्रा गर्ने पहिलो भारतीय एसयूभी बनेको छ । महिन्द्रा एक्सयूभी ७०० को प्रारम्भिक मूल्य ७४ लाख रुपैयाँ रहेको छ ।

Global Ime bank

यो मुल्य फेब्रुअरी २०२३ मा प्रारम्भिक डेलिभरी हुने गरि सार्वजनिक गरिएको मितिदेखि एक महिनाका लागि लागु हुने कम्पनीले जनाएको छ ।

SunilPradhan_mahendra_xuv_12khariphoto-421675155302.jpg

एसयूभीमा १०.२५ इन्चको टचस्क्रीन इन्फोटेनमेन्ट सिस्टम र क्लस्टर, सिक्स वे पावर्ड ड्राइभर सिट र १२ सोनी स्पिकरसहितको क्लास लिडिङ म्युजिक सिस्टम प्रिमियम सुविधाहरू रहेको छ । 

यसमा प्यानोरमिक सनरुफ र डुअल जोन क्लाइमेट कन्ट्रोल पनि रहेको छ । महिन्द्राले वयस्क सुरक्षाका लागि जीएनसीएपीद्वारा फाइभ स्टार सेफ्टी रेटिङको साथ एक प्रमुख कोसेढुङ्गा पनि हासिल गरेको छ र एसयूभी सुरक्षा विकल्पको रूपमा स्वायत्त इमर्जेन्सी ब्रेकिंग (एईबी) प्रदान गर्ने पहिलो मेड–इन–इन्डिया र स्वामित्व ब्रान्ड भएको पनि बनेको छ ।

यसको साइ–फाई टेक्नोलोजी, उत्साहजनक प्रदर्शन विश्वस्तरीय सुरक्षाको साथ, एक्सयूभी ७०० यसअघि कहिल्यै नभएको एड्रेनालाईन डायल गर्न इन्जिनियर गरिएको छ ।

एक्सयूभी ७०० ट्विन पिक्स ब्राण्डको एसयूभी सोेरुमबाट उपलब्ध गराइनेछ, जुन नेपाली ग्राहकलाई प्रिमियम अनुभव प्रदान गर्नकै लागि संरचित गरिएको छ ।

सुरुमा एक्सयूभी ७०० काठमाडौंका दुई ट्विन पिक ब्राण्डका सोरुमबाट उपलब्ध हुनेछ । ट्विन पिक्स नेटवर्क आगामी मार्च २०२३ सम्ममा नेपालभरका पाँच वटा सोेरुममा विस्तार गरिने महिन्द्राले जनाएको छ ।
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १४:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC