site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सम्पदाको संरक्षणका लागि पैदल यात्रा हुने
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । रोटरी क्लव अफ पाटन हेरिटेजले सम्पदाको संरक्षणका लागि पैदल यात्रा कार्यक्रम गर्ने भएको छ । 

मंगलबार ललितपुरमा पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा कला तथा संस्कृति, सम्पदा संरक्षण, संवद्र्धन तथा प्रवद्र्धन गर्न विद्यमान भाषा, कला, र संस्कृतिको जगेर्ना गर्न र जनमानसमा यसबारे अवगत गराई सम्पदाको प्रचारप्रसार गर्ने उद्देश्यले पैदल यात्रा गर्न लागिएको जानकारी गराइएको छ । 

Agni Group

फागुन ६ गते हुने पैदल यात्रा ललितपुर मंगलबजार दरबार स्क्वाएरबाट बिहान ७ बजे सुरु भइ मंगलबजार, पुलचोक, अक्षेश्वर महाबिहार, भनिमण्डल, जलविनायक, पाँगा बस पार्क हुँदै कीर्तिपुरको उमामहेश्वर मन्दिरसम्म १२ किलोमिटरको रहेको बताइएको छ । 

पत्रकार सम्मेलनमा बोल्दै रोटरी क्लव अफ पाटन हेरिटेजका सदस्य प्रदीप श्रेष्ठले पैदल यात्रामा दुई हजार भन्दा बढी व्यक्तिहरुको सहभागिता गराउने संस्थाको उद्देश्य रहेको बताए । उनले पैदल यात्रामा सहभागीता जनाउन चाहनेले प्रतिव्यक्ति ७०० रुपैयाँ सहयोग स्वरुप खल्ती एपमा पठाउन आग्रह गरे । नाम दर्ता भएका सहभागीहरुलाई प्रतिव्यक्ति टिसर्ट, क्याप र खाजा उपलब्ध गराउने बताइएको छ । 

Global Ime bank

दर्ता शुल्कबाट संकलित सहयोग भाइदेगः पुनर्निर्माण गरिरहेको संस्था संस्कृति सम्पदा संरक्षण समूहलाई उपलब्ध गराइने हेरिटेजले बताएको छ । हेरिटेजले सम्पदा संरक्षणमा सहयोग जुटाउनका लागि पैदल यात्राको कार्यक्रम राखेको जनाएको छ ।

भाइदेगः मन्दिर ललितपुर मंगलबजारस्थित दरबार स्क्वायरको दक्षिण पश्चिमतर्फ (हाल निर्माणाधिन अवस्थामा) रहेको छ । तल्ले शैलीको कलात्मक आकर्षण रहेको महादेवको मन्दिर वि.सं.१९९० को भूकम्पमा भत्किएको थियो । मन्दिर राजा सिद्धिनरसिंह मल्लका छोरा श्रीनिवास मल्लको पालामा तत्कालीन प्रधानमन्त्री भारो भागीरथ भैयाले वि.सं.१७३५ मा बनाएका थिए ।  
 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC