site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
विराटकालीन दुई पोखरी पुनर्निर्माण गर्न ठेक्का 
विराटनगर–१४ मा अवस्थित विराट राजाको दरबार क्षेत्र र  मन्टापोखरी । तस्बिर : कुमार लुइँटेल/बाह्रखरी ।
Sarbottam CementSarbottam Cement

विराटनगर । विराटनगर महानगरपालिकाले विराटनगरको विकासमा महत्त्वपूर्ण मानिएको प्रमुख चार परियोजना निर्माण गर्न ठेक्का प्रक्रिया अघि बढाएको छ । तीमध्ये दुई परियोजना विराट राजाको इतिहाससँग सम्बन्धित छन् ।

विराटकालीन सभ्यता र राजा विराटको इतिहाससँग जोडिएका दुई पोखरीको पुनर्निर्माण गर्न १० करोड रुपैयाँमा निर्माण कम्पनीलाई स्वीकृति दिइएको छ । विराटनगर महानगरपालिका–१४ स्थित रानीपोखरी र मन्टापोखरी संरक्षणसहितको कार्य अघि बढाउन लागिएको हो । दुवै पोखरीमा हरियाली पार्कसहितका संरचना निर्माण गरिनेछ ।

यस क्षेत्रलाई संरक्षण र सांस्कृतिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न पूर्वमेयर भीम पराजुलीको पालामा विस्तृत परियोजना प्रतिवेदन तयार भई बजेट समेत विनियोजन गरिएको थियो । ती काम थाल्न ठेक्का दिने कार्य अघि बढाइएको विराटनगर महानगर कार्यालयले जनाएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

रानीपोखरी ग्रीनपार्क निर्माण गर्न विराटनगरको कला विल्डर्सले कबोल गरेको चार करोड ५४ लाख ७६ रुपैयाँ र सोही विल्डर्सले मन्टापोखरी ग्रीनपार्कमा कबोल गरेको पाँच करोड ४४ लाख २८ हजार स्वीकृत भएको छ । सोही क्षेत्रमा पर्ने विराट राजाको दरबार संरक्षण, आधुनिकीकरण र पर्यटकीय गन्तव्यस्थल बनाउन विस्तृत परियोजना प्रतिवेदन पराजुलीकै पालमा तयार भइसकेको छ ।

Manta pokhari11675150836.jpg

Global Ime bank

विराट दरबार उत्खननसहित यसलाई धार्मिक पर्यटकीय क्षेत्रका रूपमा विकास गर्न प्रदेश नम्बर–१ सरकारले समेत चासो दिँदै आएको छ । “हाम्रो पालामा महानगर र प्रदेश सरकारले सँगै कसरी काम गर्न सकिन्छ भनेर पनि छलफल भएको थियो,” पूर्वमेयर पराजुलीले भने ।

विराटनगरको सिंघिया तटमा साँझको सन्ध्या आरतीस्थल निर्माण गर्न तीन करोड ५० लाख ९३ हजार रुपैयाँमा ठेक्का स्वीकृत भएको छ । पूर्वमेयर पराजुलीले पशुपतिनाथको मन्दिरमा जस्तै सन्ध्या आरती गराउँदा विराटनगरमा धार्मिक पर्यटकको संख्या बढ्ने अपेक्षासहित आफूले विस्तृत परियोजना प्रतिवेदन तयार गरेको बताए ।

आरतीस्थल विराटनगर–२ स्थित हनुमान मन्दिरनजिकै सिंघिया घाटमा निर्माण गरिनेछ ।

प्राविधिक शिक्षा दिलाउन सुरु गरिएको महानगर बहुप्राविधिक शिक्षालयको संरचना निर्माण गर्न सात करोड ८९ लाख ४२ हजार १०५ रुपैयाँको ठेक्का छ । यो संरचना विराटनगर– ५ मा निर्माण गरिनेछ । अहिले जनता विद्यालयको भवनमा महानगरको प्राविधिक शिक्षालय सञ्चालनमा छ ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १३:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC