site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
एफए कप पाँचौँ चरणमा सिटीले ब्रिस्टलको भ्रमण गर्ने, युनाइटेडले वेस्टह्यामविरुद्ध खेल्ने
Sarbottam CementSarbottam Cement

काठमाडौं । इंग्लिस प्रिमियर लिगको साविक विजेता म्यानचेस्टर सिटीले एफए कपको पाँचौँ चरणमा च्याम्पियनसिपको क्लब ब्रिस्टल सिटीविरुद्ध खेल्ने भएको छ ।

म्यानचेस्टर युनाइटेडले प्रिमियर लिगकै अर्को प्रतिद्वन्द्वी वेस्टह्याम युनाइटेडसँग प्रतिस्पर्धा गर्नेछ । वेस्टह्यामले सोमबार राति डर्बी काउन्टीलाई २–० ले पराजित गर्दै पाँचौँ चरणमा स्थान पक्का गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

सोमबार राति नै निकालिएको एफए कपको ‘ड्र’अनुसार ६ टिमको टुंगो लाग्न बाँकी छ । बर्मिङघम सिटी र ब्ल्याकबर्न रोभर्समध्ये एकले प्रिमियर लिगको क्लब लेस्टर सिटीविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

सन्डरल्यान्ड र फुलहमबीचको विजेताले लिड्स युनाइटेडविरुद्ध खेल्नेछ । रेक्सन र शेफिल्ड युनाइटेडबीचको विजेताले टोटनहमसँग प्रतिस्पर्धा गर्नेछ ।

Global Ime bank

यस्तै, ग्रिम्सबे टाउन र लुटन टाउनबीचको विजेताले साउथह्याम्पटनविरुद्ध प्रतिस्पर्धा गर्नेछ । बर्नली र इप्सविच टाउनबीचको विजेताले फ्लिटउड टाउन र शेफिल्ड वेनसडेबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । 

एफए कपमा पाँचौँ चरणका खेल
– साउथह्याम्पटनविरुद्ध ग्रिम्सबे टाउन र लुटन टाउनबीचको विजेता
– लेस्टर सिटीविरुद्ध बर्मिङघम सिटी र ब्ल्याकबर्न रोभर्सबीचको विजेता
– स्टक सिटीविरुद्ध ब्राइटन
– रेक्सन र शेफिल्ड युनाइटेडबीचको विजेताविरुद्ध टोटनहम
– ब्रिस्टल सिटीविरुद्ध म्यानचेस्टर सिटी
– म्यानचेस्टर युनाइटेडविरुद्ध वेस्टह्याम युनाइटेड
– बर्नली र इप्सविच टाउनबीचको विजेताविरुद्ध फ्लिटउड टाउन र शेफिल्ड वेनसडेबीचको विजेता ।

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १२:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC