site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
विद्युतीय राहदानी बनाउन एक महिनाका लागि अनलाइन बुकिङ खुला
Sarbottam CementSarbottam Cement

का

ठमाडौं । विद्युतीय राहदानी सहज रूपमा प्रदान गर्न एक महिनाका लागि अग्रिम अनलाइन बुकिङ खोलिएको छ । राहदानी विभागमा दैनिक १५०० का दरले अनलाइन फाराम भर्न सक्ने विभागले जनाएको छ । 

विभागका अनुसार अब सेवाग्राहीले आफूले चाहेको समयमा फाराम भर्न पाउने छन् । हरेक दिन १५०० ले अनलाइन आवेदन दिँदा त्यसको समयावधि एक महिना तोकिएकाले सो अवधिभर जुनसुकै समयमा फारम भर्न सकिने विभागको भनाइ छ । 

Prabhu Bank
Agni Group
NIC Asia

थप समयमा अग्रिम बुकिङ गर्दा अर्को महिनाको थप एक दिनका लागि हुने राहदानी विभागले स्पष्ट पारेको छ । समय सकिन लागेमा थप एक महिनाको अवधि विभागले थप गर्दै जाने पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ । 

अग्रिम बुकिङका लागि सर्भर खुला रहेकाले राति १० बजेसम्म अनलाइनबाट विद्युतीय राहदानीको फाराम भर्न सकिनेछ ।

Global Ime bank

विभागले जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयलाई आफ्नो प्राविधिक क्षमताअनुसार अनलाइन फाराम अग्रिम भर्ने व्यवस्था मिलाउन निर्देशन दिइसकको छ । यो व्यवस्थाले विभागमा हुने भीडभाड कम हुने विभागको अपेक्षा छ । 

“जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय र विदेशस्थित नेपाली नियोगहरूबाट छिटो राहदानी पाउने व्यवस्थाका लागि विभागमा डाटा प्राप्त भएको मितिले नजिकका जिल्लाहरूमा १० दिनदेखि १२ दिनभित्र तराईका जिल्लाहरूमा १२ दिनदेखि १५ दिनभित्र पहाडका सुगम जिल्लाहरूमा राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ,” विभागले भनेको छ, “१५ देखि २० दिनभित्र हिमाली जिल्लाहरूमा २० देखि ३० दिनभित्र र विदेशस्थित नेपाली नियोगहरूमा २० देखि ३५ दिनभित्र राहदानी प्राप्त गर्ने व्यवस्था मिलाइएको छ ।”

31675131189.jpg
1675011508doc-11675130762.jpg

21675131145.jpg

 

NIBLNIBL
प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  ०७:४९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC