site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
भारत जोडो यात्रा : राहुल गान्धीको ‘एकता मार्च’ श्रीनगरमा टुंगियो 
Sarbottam CementSarbottam Cement

नयाँदिल्ली । विधायक तथा भारतको प्रमुख विपक्षी कांग्रेस पार्टीका वरिष्ठ नेता राहुल गान्धी भारतको चार हजार किलोमिटर लामो “एकता मार्च”को अन्त्यमा पुगेका छन् । दक्षिणी राज्य तमिलनाडुको कन्याकुमारीबाट सुरु भएको पाँच महिना लामो यो मार्च जम्मु काश्मिरको राजधानी श्रीनगरमा आएर समाप्त भएको छ ।

यस मार्चले मुलुकभर भिडलाई आकर्षित गरेको छ । यसमा थुप्रै सलेब्रेटीले पनि सहयोग र समर्थन गरेका बीबीसीले लेखेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

राजनीतिक विश्लेषकहरुले यो अभियान मतमा अनुवाद हुने हो वा होइन भन्ने स्पष्ट नभएको बताएका छन् । गान्धीले “भारत जोडो यात्रा” नामक यस मार्चको उद्देश्य भारतीयहरुलाई समाजमा फैलिएको घृणा र भयविरुद्ध एकजुट गर्नु रहेको बताएका छन् ।

राजनीतिक विश्लेषकका अनुसार सन् २०१४ मा प्रधानमन्त्री नरेन्द्र मोदी भारतको सत्तामा आएयता खस्किँदै गएको कांग्रेस पार्टीको आत्मालाई पुनर्जीवित गर्नु पनि यस मार्चको उद्देश्य रहेको छ । 

Global Ime bank

सोमबार अपरान्ह श्रीनगरको एउटा रंगशालामा एक र्‍यालीसँगै यो मार्च टुँगिएको हो । यस मार्चमा राहुल गान्धी र अन्य थुप्रै कांग्रेस नेताहरुलगायत एकता प्रदर्शनका लागि अन्य केही विपक्षी पार्टीहरुले पनि सहभागिता जनाएका हुन् ।

र्‍यालीलाई सम्बोधन गर्ने क्रममा गान्धीले भनेका छन्, “मलाई स्थानीय प्रशासनले पदयात्रा गर्दा ममाथि ग्रिनेड फ्याँकिन सक्छन् भन्दै चेतावनी दिएको थियो । मैले हिँड्ने नै अडान लिएँ । किनभने, मेरो परिवार र महात्मा गान्धीले मलाई निडर भएर बाँचिन्न भने बाँच्नुको अर्थ नहुने भनेर सिकाएका छन् ।”

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  २२:३५
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC