site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
दक्षिण अफ्रिकामा बर्थ डे पार्टीमा गोली चल्दा ८ जनाको मृत्यु
Ghorahi CementGhorahi Cement

जोहान्नेसबर्ग । दक्षिण अफ्रिकाको पूर्वी केप प्रान्तको केवर्चा सहरमा एउटा बर्थ डे पार्टीमा गोली चल्दा आठजनाको ज्यान गएको छ । अन्य चारजना घाइते भएका छन् । 

प्रहरीका अनुसार दुईजना अज्ञात बन्दुकधारीले क्वाजाफ्ले सहरमा एउटा हाउस पार्टीमा नाच्दै रमाइरहेकाहरूमाथि जथाभाबी गोली चलाएका थिए । अहिलेसम्म कसैलाई गिरफतार गरिएको छैन ।

Agni Group

आक्रमणकारीको खोजी कार्य जारी रहेको छ । मारिने र घाइते हुनेहरूको सनाखत हुन सकेको छैन । तर प्रहरीले मारिनेमा सो घरका मालिक पनि रहेको बताएको छ ।

आइतबार अपराह्न भएको आक्रमणबारे पूर्वी केपका प्रहरी आयुक्त नोम्थेथेली लिल्लियन मेनेले हत्यामा संलग्नहरूलाई पक्राउ नगरेसम्म प्रहरीले आराम नगर्ने बताएका छन् । 

Global Ime bank

दक्षिण अफ्रिका विश्वमै बन्दुकसँग सम्बन्धित सबैभन्दा बढी अपराध हुने मुलुकहरूमध्ये एक हो । तर त्यहाँ यसरी जथाभाबी गोली चलाइने घटना भने विरलै हुने गरेको छ ।

गत वर्ष दक्षिण अफ्रिकाका छुट्टाछुट्टै पबमा भएका गोलीकाण्डमा बिस जना भन्दा बढी मानिसको ज्यान गएको थियो ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  २२:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC