site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
मध्य जाडोमा पनि भएन न्यानो कपडाको व्यापार
प्रतीकात्मक तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । यसपटकको जाडो सकिन लाग्यो, आधा माघ कटिसक्यो । तर, अघिल्ला वर्षहरुमा झै यस वर्ष व्यापारीहरुले न्यानो कपडाको व्यापार गर्न पाएका छैनन् । यो वर्ष हिउँदे जाडोको सुरुदेखि नै व्यापार बढ्न नसक्दा महाबौद्ध र गुच्चा टोलका व्यापारीहरु फुर्सदिला देखिन्छन् ।

काठमाडौंको महाबौद्धमा विगत २७ वर्षदेखि कपडाको थोक व्यापार गर्दैआएका व्यापारी अशोक प्रधानले सरकारले कपडाको मूल्य बढाइदिएकाले पनि व्यापार बढ्न नसकेको बताए । “कपडाको मूल्य बढाइएकाले पनि खरिद गर्ने ग्राहकहरु यो वर्ष घट्न पुग्यो,” उनले भने । 

कोभिड–१९ को महामारीले दुई वर्षसम्म व्यापार थिलथिलो भयो । यस्तैमा सरकारले उल्टै कर बढाइ दिएपछि यस वर्ष सोचेजस्तो कपडाको व्यापार गर्न नसकेको कपडा व्यापारीहरुको धारणा छ ।

Prabhu Bank
Agni Group
NIC Asia

“चीनको केरुङ नाकाबाट सामान ल्याउँदा बढी समय लाग्यो । त्यसले पनि सिजनमा ब्यापार गर्न नसक्ने अवस्था हामीलाई आइलाग्यो,” उनले भने, “उत्तरका नाका लामो समय बन्द भएकाले हामीले समुद्रको बाटोबाट सामान ल्याउने गरेको छौँ, जसका कारण हाम्रो ढुवानी खर्च बढी हुन गयो । त्यसकारण पनि सामान महङ्गोमा बेच्नु परेको छ ।”

सरकारबाट कर बढाइनु, उत्तरी नाका लामो समयदेखि नखुल्नु जस्ता कारण ग्राहकलाई मार पर्न गएको उनको भनाइ छ । उनका अनुसार नेपालभित्रै पनि तयारी पोशाक कारखानाहरु धेरै खुलेका छन् । 

Global Ime bank

चीन र भारतबाट ल्याइने प्रकृतिकै सामान यहाँ पनि उत्पादन हुने गर्छ । त्यसो भएर पनि हिजोआज चीनबाट आयातित कपडा बिक्न छाडेको हो ।
केही वर्षअघिसम्म कपडा मात्रै हैन अन्य चिनियाँ सामान पनि नेपाल हुँदै भारतका सिलिगुडी, दार्जिलिङ र सिक्किमसम्म जाने गथ्र्यो । 

पछिल्लो समय ती सामान चीनबाट सिधै भारत जान थालेपछि नेपालको व्यापार क्रमशः सुक्न थालेको प्रधानले जानकारी दिए । चीनबाट थान थान कपडा ल्याएर नेपालमै तयार गरी बजारमा पठाउन थालेपछि तयारी कपडाको व्यापार खस्कन थालेको उनको अनुभव छ ।

काठमाडौंकै गुच्चा टोलमा व्यापार गर्दै आएकी ३४ वर्षीया मिना सिग्देलले पनि पहिलेको तुलनामा आधा व्यापार घटेको अनुभव सुनाए । बालेन्द्र साह काठमाडौंको मेयर चुनिएपछि फुटपाथमा व्यापार गर्न रोक लाग्यो । फुटपाथमा सामान फैलाएर बेच्ने व्यापारीले सामान किन्न छाड्दा थोक व्यापारीहरुको बिक्री घट्न गयो । 

उनका अनुसार फुटपाथ व्यापारीले सालिन्दा २० प्रतिशतसम्म सामान किन्ने गरेका थिए । “पछिल्लो समय फुटपाथमा व्यापार गर्न बन्देज लागेपछि हाम्रो व्यापारलाई पनि असर परेको छ,” सिग्देलले भने ।

महाबौद्धमै थोक व्यापार गर्दै आएका विनेश घिमिरे सबैको नभए पनि केही केही व्यापारीको राम्रै व्यापार भइरहेको बताए । 

कोभिड महामारीअघि व्यापारीहरु सिधैँ चीन पुगेर गुणस्तरीय सामान ल्याउने गर्थे । तर, कोभिड महामारीका कारण उनीहरुले चीन गएर सामान ल्याउन सकेका छैनन् । अहिलेसम्म पनि त्यस्तो वातावरण बन्न नसक्दा व्यापारीहरुले राम्रो सामान ल्याउन नसकेको घिमिरेले बताए । 

राम्रा सामान नआएकै कारण नबिकेको तर्क घिमिरेको छ । ठूला लगानीकर्ताले ठाउँ ठाउँमा मान्छे राख्ने गरेकाले चीनबाट सामान छानेर सजिलै नेपाल ल्याउने गरेको उनको भनाइ छ । “ठूला व्यापारीले अहिले पनि गतिलो फाइदा लिइरहेका छन्,” उनले भने । 

पछिल्लो समय जलवायु परिवर्तनका कारण पनि हिउँदे याममा धेरै चिसो नहुँदा न्यानो कपडाको व्यापारमा कमी आएको बुझाइ केही व्यापारीको छ । पछिल्लो समय बैंकले पनि ऋण सजिलोसँग नदिने गरेका कारण सामान कतिपय व्यापारीले बाहिरबाट सामान झिकाउन नसकेको बताइन्छ । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १७:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC