site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
सरकारले व्यवसाय र आयआर्जन सुरक्षित नगरे जनताको निक्षेप सुरक्षित नहुने चेतावनी
Sarbottam CementSarbottam Cement

काठमाडौं । बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गर्दैै लगानीमैत्री वातावरण बनाउन सरकारसँग व्यवसायीको माग छ । सोमबारु नेपाल राष्ट्रिय व्यवसायी महासंघले बैंकको चर्को ब्याजदरबिरुद्ध गरेको सडक आन्दोलनमा सञ्चारकर्मीसँग अधिकांश व्यवसायीले बैंकको उच्च ब्याजदरले उद्योग व्यवसायमा पारेको समस्या सामाधान गरी सरकारले लगानीमैत्री वातावरण बनाउन माग गरेका हुन् । 

उनीहरूले बैंकको चर्को ब्याजदरका कारण व्यवसायीहरू सडकमा आउनपरेको भन्दै तत्काल सरकारले बैंकको ब्याजदर एक्क अंकमा ल्याउनुपर्ने बताए । उनीहरूले पछिल्लो समय साना मझौला उद्योगीहरूलाई मात्रै नभएर समग्र उद्योग क्षेत्रमा नै बैंकहरूले देखाएको ‘आंतक’ले व्यवसायीहरू पीडित भएर आत्मदाह गर्न बाध्य बनाएको बताए । 

सडक आन्दोलनमा सहभागी हुँदै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले सरकारले अहिलेको असहज अवस्थालाई हेरेर व्यवसायीहरूलाई सहज वातावरण बनाउनुपर्ने बताए । उनले उद्योगी व्यवसायीहरूले बैंकबाट लिएको कर्जा तिर्दैनौँ नभनेको पनि स्पष्ट पारे । उनले असहज अवस्था भएकाले व्यवसायीले लिएको कर्जाको किस्ता तिर्न समय माग गरिएको बताए । 

Prabhu Bank
Agni Group
NIC Asia

उपाध्यक्ष श्रेष्ठले राष्ट्र बैंकका गभर्नरले कर्जा दिन्न भन्नु अराजकता भएको भन्ने टिप्पणी गलत भएको बताए । उनले  बैंकबाट व्यवसायीहरूले आधार देखाएर नै कर्जा लिएको नभुल्न पनि आग्रह गरे । उनले १८ लाख ऋणिले सबै कागज बुझाएर कर्जा लिएको उल्लेख गरे । 

अहिलेको असहज अवस्थामा बैंकहरू पनि जिम्मेवार हुनुपर्नेमा उनको धारणा छ । बैंकबाट ऋण लिने प्रत्येक व्यक्तिको व्यवसाय र आयआर्जनलाई सुरक्षित बनाउन नसके जनताको निक्षेप सुरक्षित हुन नसक्ने चेतावनी दिए । 

Global Ime bank

उनले उद्योगी व्यवसायीको लगानी सुरक्षित बन्ने कानुन बन्न आवश्यक रहेको धारणा राखे । उनले अहिलेको अवस्था ऋणिहरूलाई सहज वातावरण बनाउन राष्ट्र बैंक वा सरकारले उद्योगी व्यवसायीहको घर जग्गा लिलाम नगर्न निर्देशन दिनुपर्ने माग गरे । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बैंकहरूले उद्योगी व्यवसायीहरूबाट चर्को ब्याज असुलेर नाफामा कमाएर बसेको आरोप लगाए । उनले बैंकहरूले सबै क्षेत्रका व्यवसायीहरूको सम्पती लिलामीमा दैनिक जसो पत्रपत्रिकामा प्रकाशित हुन थालेको बताए । 

यातायातलगायत सबै क्षेत्रको एउटै समस्या भएकाले बैंकको चर्को ब्याजदरविरुद्धमा आन्दोलनमा सहभागिता जनाएको बताए । 

फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालका अध्यक्ष नानीराज घिमिरेले ७० प्रतिशत राज्य सञ्चालन गर्ने खर्च निजी क्षेत्रले योगदान गरिरहेको बताए । अहिले राज्यलाई साना व्यवसायीहरूले रोजगारीलगायतमा राज्यलाई योगदान गरे पनि ठूला निश्चित व्यवसायीहरूले राज्यबाट फाइदा लिएको बताए । 


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १६:०३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC