site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्री छान्ने प्रधानमन्त्रीले हो, पार्टीमा छलफल भएन : महरा
Sarbottam CementSarbottam Cement

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष कृष्णबहादुर महराले गृहमन्त्री कसलाई बनाउने भन्ने कुराको टुंगो लगाउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको भएको बताएका छन् । 

सोमबार पार्टी पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उपाध्यक्ष महराले प्रधानमन्त्री प्रचण्डले निर्णय गर्ने विषय भएकाले त्यसलाई पार्टीभित्र प्रवेश नै नगराइएको जिकीरसमेत गररे । 

Prabhu Bank
Agni Group
NIC Asia

“गृहमन्त्रीको विषयमा प्रवेश नै गरिएन । यो सरकारको विषय हो । गृहमन्त्री को हुन्छ, को हुन्न ? भन्ने कुरा उहाँले टुंगो लगाउने कुरा हो,” उनले भने, “यो पार्टीले टुंग्याउने कुरा होइन । स्थायी कमिटीमा त्यो विषयमा पर्सि छलफल होला ।”

सर्वोच्च अदालतले आदेश दिएपछि गत शुक्रबार उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले आफनो पद गुमाएका थिए । 

Global Ime bank

सोही पदमा कसलाई बनाउने भन्ने विषयमा प्रधानमन्त्रीले आवश्यक निर्णय गरेका छैनन् । 

लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले आफ्नो जिम्मेवारीमा रहेको भन्दै सो मन्त्रालयमा दाबी नछाड्ने जनाएको छ । 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC