site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
नेताहरूको कार्यविभाजन नमिलेपछि दुई दिन सारियो माओवादी केन्द्रको स्थायी समिति बैठक
Ghorahi CementGhorahi Cement

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक दुई दिन पछि सारिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सोमबार बोलाइएको पदाधिकारी बैठकमा नेताहरुको कार्य विभाजनको विषयमा कुरा नमिलेपछि माघ १७  गते (भोलि)का लागि सारिएको स्थायी समिति बैठक माघ १८ गते (पर्सि)का लागि बोलाउने निर्णय गरिएको हो । 

Agni Group

पार्टीको संगठनसम्बन्धी होमवर्क नसकिएकाले भोलि पनि पदाधिकारी बैठक बसेर आवश्यक निर्णय गरी स्थायी समिति बैठक पर्सिका लागि सार्ने निर्णय गरिएको उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिए । 

“आज र भोलि होमवर्क गर्ने पर्सि स्थायी कमिटी बैठक बस्ने भन्ने भयो भन्ने निर्णय भयो । यति मात्रै हो आज,” उनले भने, “पदाधिकारी बैठक त्यही होमवर्ककै विषयमा हो । आज संगठनसम्बन्धी विषयमा मात्रै छलफल भयो । त्यो टुंगिएको छैन ।”

Global Ime bank

माओवादी केन्द्रको स्थायी समिति बैठकमा पेस गर्ने नेताहरुको कार्य विभाजनसम्बन्धी प्रस्ताव तयार पार्न महासचिव देवप्रसाद गुरुङ नेतृत्वको कार्यदल बनाएको थियो । त्यसमा सहमति जुटाउन आज पदाधिकारी बैठक बोलाइएको थियो ।

पदाधिकारी बैठकले सो विषयमा टुंगो लगाउन नसक्ने भएपछि भोलि बोलाइएको स्थायी समिति बैठक पर्सिसम्मका लागि स्थगित गरिएको हो । बैठकमा गृहमन्त्री कसलाई बनाउने भन्ने विषयमा छलफल नभएको पनि उपाध्यक्ष महराले बताए ।


 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १५:१६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC