राजनीति
काठमाडौं । परराष्ट्रमन्त्री डा. बिमला राई पौड्याल र अमेरिकी राजनीतिक मामिलासम्बन्धी उपविदेश मन्त्री भिक्टोरिया न्युल्यान्डबीच भेटवार्ता भएको छ ।
मन्त्रालयमा आज भएको भेटवार्तामा दुई देशबीचको बलियो दौत्य सम्बन्ध, द्विपक्षीय सहयोग र अपसी हितका सम्बन्धमा छलफल भएको पराराष्ट्र मन्त्रालयले जनाएको छ ।
द्विपक्षीय भेटमा परराष्ट्रमन्त्री पौड्यालले भूकम्प र कोभिड महामारीका समयमा प्राप्त सहयोगका लागि अमेरिकी सरकारलाई धन्यवाद ज्ञापन गरिन् । रासस
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १५:१५
प्रतिक्रिया दिनुहोस्