site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
गरिखाने बाटो बन्द गरेको भन्दै विराटनगरका व्यवसायी बजार बन्द गरेर आन्दोलनमा 
Sarbottam CementSarbottam Cement

विराटनगर । विकल्प बिनै विराटनगर महागनरपालिकाले सहरी क्षेत्रका सडकलाई नो–पार्किङ जोन घोषणा गरेपछि व्यवसायीहरू आन्दोलनमा उत्रिएका छन् । मेनरोड, जलजला मोड, महावीर रोडसहितका सडकमा सवारी साधन राख्न नपाइने भन्दै विराटनगर महानगरले सडकमा रोक्न निषेध लेखिएका बार्डहरू राखेको छ । यसको विरोधमा सोमबार बजार क्षेत्रका व्यापारी व्यवसायीले पसल बन्द गरी महागनरविरुद्ध प्रदर्शन गरेका छन् ।

यता, महानगरले भने व्यक्तिका निजी जग्गामा शुल्क तिरेर सवारी राख्न सक्ने गरी व्यवस्थापनको तयारी गरिरहेको जनाएको छ । कतिपय स्थानमा विकल्प पर्याप्त नभएको व्यवसायी सुनील रजकले बताए । “हामीले सडकमै एकतर्फी रुपमा सवारी अड्याउन अथवा सडकमा एकतर्फी रुपमा मात्र सवारी आउजाउ गर्न दिइनुपर्ने माग गरेका हौं,” उनले भने, “पार्किङको बाहना गरेर महानगरले हाम्रो गरिखाने बाटो नै बन्द गर्ने षडयन्त्र गरिरहेको छ ।”

Prabhu Bank
Agni Group
NIC Asia

निजी जग्गा भएका केहीले शुल्क तिरेर पार्किङ गर्न सक्ने भने पनि ती स्थान पायक नभएकाले ग्राहक आउन छाडेको रजकले सुनाए । उपभोक्ताले पटक–पटक पैसा तिर्न नमान्ने हुँदा आफूहरूको व्यापारसमेत चौपट भएको उनको दाबी छ । 

ज्ञ1675066100.JPG

Global Ime bank

खुद्रा व्यापार संघ मोरङका अध्यक्ष संजय मण्डलले महानगर व्यापारी व्यवसायीप्रति अनुदार भएको बताउँदै भने, “अहिले त्यसै व्यापार व्यवसाय चौपट भएको अवस्थामा महानगरको जबरजस्तीले हामी थप मारमा परेका छौँ ।” मण्डलले यस विषयमा महानगरका मेयर नागेश कोइरालालाई ध्यानाकर्षण गराए पनि आफूहरूको मागको सुनुवाइ नभएको गुनासो गरे । 
 
विराटनगरका व्यापारीहरूले बिहानदेखि पसल र व्यवसाय बन्द गरी मुख्य बजार क्षेत्रमा प्रदर्शन गरिरहेका छन् । महानगर क्षेत्रको पार्किङ व्यवस्थापन र खाली जग्गाको व्यवस्थापनको जिम्मेवारी पाएको अधिकृत पुनम दाहालले हाललाई जलजला हलदेखि अस्पताल मोड, कोसी अस्पतालदेखि शनिमन्दिर चोक, शनिमन्दिर चोकेदेखि गुदरीको बिजुली सडक, जलजलादेखि ट्राफिक चोकसम्म, गुदरीको ‘ए’ र ‘बी’ प्लट पंचमुखी मन्दिरदेखि गुदरी हाइवेसम्म पार्किङ निषेध गरिएको जानकारी दिए ।
 
तत्काललाई पार्किङको व्यवस्थापन ग्रिनक्रस अस्पतालदेखि दक्षिणको खाली जमिन, जलजला हल अगाडिको ६ कठ्ठा जमिन, गुदरी इप्लटको १० कठ्ठा जग्गा, त्यसकै छेउ उत्तरपट्टी शोभा मास्केको चार कठ्ठा जग्गा छनोट गरिएको दाहालले बताए । “अरु थप ठाउँको पनि खोजी भइरहेको छ”, उनले भने ।  
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC