देश
काठमाडौं । बैंकिङ कसुर मुद्दाका फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा दोलखाको मेलुङ गाउँपालिका–४ घर भई हाल ललितपुर महानगरपालिका–९ बस्ने ४७ वर्षीय भिमबहादुर तामाङ रहेका छन् । तामाङलाई प्रहरीले शनिबार पक्राउ गरेको हो ।
उच्च अदालत पाटनको २०७८ साउन १ गतेको फैसलाले बैंकिङ कसुर मुद्दामा ९ लाख ६० हजार रूपैयाँ बिगो तथा जरिवाना, तीनदिन कैद र ३८ हजार ४०० रुपैयाँ क्षतिपूर्ति शुल्क भराउने सजाय गरेको थियो ।
फरार रहेका उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले काठमाडौं महानगरपालिका–६ बौद्धबाट पक्राउ गरेको हो । उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं बबरमहल पठाइएको छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १३:२०
प्रतिक्रिया दिनुहोस्