राजनीति
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्दैछ । त्यसका लागि आयोगको बैठक अहिले जारी रहेको एक आयुक्तले जानकारी दिए ।
उनका अनुसार सकेसम्म आजैको बैठकले निर्वाचनको मिति घोषणा गर्नेछ ।
फागुन २९ मा राष्ट्रपति विद्यादेवी भण्डारीको कार्यकाल समाप्त हुने भएकाले त्यसअघि नै निर्वाचन गर्ने तयारी आयोगको छ ।
आयोगले फागुनको अन्तिममा निर्वाचनको मिति घोषणा गर्ने तयारी गरेको छ ।
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९ १२:५६
प्रतिक्रिया दिनुहोस्