site stats
बाह्रखरी :: Baahrakhari
अर्थ व्यवसाय
Nabil BankNabil Bank
अमेरिकी रिसर्चले हल्लायो अडानीको साम्राज्य, ३० अर्ब अमेरिकी डलरले घट्यो सम्पत्ति 
Sarbottam CementSarbottam Cement

काठमाडौं । अमेरिकी रिचर्ज ऐजेन्सी हिन्डनवर्गको अनुसन्धानले भारतका अर्बपति गौतम अडानीले ३० अर्ब अमेरिकी डलर सम्पत्ति गुमाएका छन् । 

अमेरिकाको हिन्डनवर्ग रिसर्चले बुधबार अडानी समूहको बारेमा प्रतिवेदन सार्वजनिक गरेको थियो ।  जसको शीषर्क थियो, “कसरी विश्वको तेस्रो धनी व्यक्तिले कर्पोरेट इतिहासमा सबैभन्दा ठूलो ठगी गरे ।”

हिन्डनवर्गको रिसर्च बाहिर आएपछि विश्वको तेस्रो धनी व्यक्तिको रूपमा रहेका अडानी समूहको स्थान आठौं नम्बरमा पुगेको छ । 

Prabhu Bank
Agni Group
NIC Asia

धनीहरूको सूची राख्ने म्यागेजिन फोर्ब्सको रियल टाइम तथ्यांकअनुसार अडानीसँग अहिले ८८ अर्ब अमेरिकी डलरको सम्पत्ति छ । 

रिपोर्ट आउनुअगाडि उनको सम्पत्ति ११८ अर्ब अमेरिकी डलर थियो ।  फोर्ब्सको तथ्यांकअनुसार सन् २०२० पछि अडानीको सम्पत्ति ह्वातै बढेको हो । 

Global Ime bank

सन् २०२० सम्म ८.९ अर्ब अमेरिकी डलर सम्पत्ति रहेको अडानीको सम्पत्ति सन् २०२२ मा १ खर्ब अमेरिकी डलर नाघेको थियो । 

हिन्डनवर्गले अडानी कम्पनीको सेयर मूल्य वास्तविक भन्दा ८५ प्रतिशत बढी भएको जनाएको थियो । बजारमा मूल्यको निर्धारण सामान्य अवस्थामा नाफाबाट गर्ने गरिन्छ । 

बजारले कति गुणा नाफा हुन सक्छ भन्ने अनुमान गर्छ । यसलाई पीई रेसियो अर्थात् मूल्य आम्दानी अनुपात भनेर भनिन्छ । 

हिन्डनवर्गले अनुसन्धानमा अडानी समूहको सेयर मूल्य नाफाको तुलनामा अत्यधिक बढी भएको उल्लेख गरेको छ । 

हिन्डनवर्गका अनुसार अडानी ग्रीनको पीई ८१५ गुणा छ । यस्तै अडानी टोटल ग्यासको ८३१ गुणा बढी छ । 

अडानी इन्टरप्राइजेजको पीई ५०८ छ । यही आधारमा हिन्डनवर्गले अडानी समूहको सेयर मूल्य वास्तविकताको तुलनामा ८५ प्रतिशत बढी भएको दाबी गरेको छ । 

अडानी ग्रुप आफैंले सेयर मूल्य बढाएको आरोप हिन्डनवर्गले लगाएको छ ।  मौरिससमा कम्पनी खडा गरेर अडानी ग्रुपले आफ्नो सेयर मूल्य बढाएको अनुसन्धानमा उल्लेख गरेको छ । 

हिन्डनवर्गले गौतम अडानीका दाई विनोदले दुबईबाट यस्तै काम गरिरहेको आरोप लगाएको छ ।  हिन्डनवर्गले उनीसँग सम्बन्धित ३८ कम्पनी ट्रेस गरेको छ । 

रिपोर्टका अनुसार अडानीको लेखापरीक्षक अनुभवी नभएको तथा सानो कार्यालयबाट चल्ने गरेको आरोप लगाएको छ । 


हिन्डनवर्गको तेस्रो ठूलो आरोप अडानी समूहले क्षमताभन्दा बढी ऋण लिएको भन्नेमा रहेको छ ।  रिपोर्टका अनुसार अडानी ग्रुपको कूल ऋण २.२० लाख करोड भारतीय रूपैयाँ रहेको छ । । अगाडीले ऋण सेयर धितो राखेर लिएका छन् । 

सेयर मूल्य बढाएर लिएको ऋणले मूल्य घट्दा बैंकलाई समस्या पर्न सक्ने प्रतिवेदनमा उल्लेख गरिएको छ । 

अडानीले गतवर्ष एसीसी र अम्बुजा सिमेन्ट किन्न ऋण लिएका थिए । उनले यसमा समेत जालसाझी गरेको रिपोर्टमा उल्लेख छ । 

अडानी समूहलाई यसअघि पनि सेयर मूल्य बढाएको आरोप लागेको थियो । 

हिन्डनवर्गका अनुसार सन् २००७ मा केतन पारिखसँग मिलेर अडानी समूहले कृत्रिम रुपमा मूल्य बढाएको र नियामक निकायले कारवाही गरेको उल्लेख  छ । 

अडानी समूहले भारतीय बैंकबाट ४० प्रतिशत मात्र ऋण लिएको जनाएको छ । 

बाँकी ऋण विदेशबाट लिएको हो । गौतम अडानीले अन्तर्वार्ताको क्रममा विदेशबाट बढी ऋण लिएको उल्लेख गरेका थिए । 

हिन्डनवर्गको रिपोर्ट आएपछि अडानी इन्टरप्राइजको थप सार्वजनिक निष्कासन(एफपीओ) मा भने असर गर्ने देखिएको छ । 

कम्पनीले सोचेअनुसार एफपीओ बिक्री नहुने देखिएको थियो ।  रिचर्स आएपछि अडानीले व्यक्तिगत रुपमा ३० अर्ब डलरभन्दा बढी सम्पत्ति गुमाएका छन् । 

अडानी समूहले हिन्डनवर्गको रिपोर्टलाई योजना बनाएर ग्रुपको इमेजलाई बिगार्ने काम भएको प्रतिक्रिया दिएको छ । 

४१३ पेजको रिपोर्टमा जवाफ दिँदै अडानी ग्रुपले भारतमाथि भएको हमला भएको जनाएको छ ।  अडानी ग्रुपले हिन्डनवर्गले आधा अधुरो रिपोर्ट दिएको उल्लेख गरेको छ । 

यसको जवाफमा हिन्डनवर्गले राष्ट्रवादको सहारा धोकामाथि पर्दा हाल्न नसकिने जनाएको छ । हिन्डनवर्गले आफ्नो रिपोर्ट शतप्रतिशत सत्य रहेको कानूनी रुपमा रक्षा गर्नसमेत तयार रहेको उल्लेख गरेको छ । 

हिन्डनवर्गको रिपोर्ट आएपछि अडानी ग्रुप अन्तर्गतका कम्पनी मात्र नभएर भारतको बीमा तथा बैंकको सेयर मूल्य समेत घटेको छ । 

भारतको सबैभन्दा ठूलो बीमा कम्पनी एलआईसीको बजार पुँजीकरण एक खर्बभन्दा बढी भारतीय रूपैयाँले घटेको छ । 

यस्तै असर बैंकहरूमा समेत देखिएको छ । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:४३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC