site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कांग्रेसले नैतिक र व्यवहारिक हिसाबले पनि राष्ट्रपतिमा दाबी गर्न मिल्दैन : एमाले महासचिव पोखरेल
Ghorahi CementGhorahi Cement

विराटनगर । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपाली कांग्रेसले नैतिक र व्यवहारिक हिसाबले पनि राष्ट्रपतिमा दाबी गर्न नमिल्ने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा पत्रकारहरुसँग कुराकानी गर्दै पोखरेलले कांग्रेसलाई पहिला आफूले ‘पोल्टिकल पोजिसन’ कुन हो भन्ने प्रस्ट हुन आग्रह गरे । “सत्तापक्ष हो कि प्रतिपक्ष कांग्रेस के हो ?,” पोखरेलले प्रश्न गरे, “कांग्रेस सत्तापक्ष न प्रतिपक्ष जस्तो देखिएको छ त्यसैले पहिले दिशाहीनताबाट पहिले सच्चिनुपर्छ ।” पूरानो र ऐतिहासिक पार्टी भएर पनि कांग्रेसको अहिलेको अवस्था दुःखद रहेको भन्दै पोखरेलले टिप्पणी गरे । 

Agni Group

कांग्रेसले प्रमुख पदहरुमा दाबी गर्नुको कुनै अर्थ नरहेको भन्दै उनले भने, “राष्ट्रपति प्राप्त गर्नैकै लागि हो भने पहिले सत्तापक्षका रूपमा घोषणा गर्नुपर्‍यो नी !” कांग्रेसले प्रतिपक्ष भनेर दाबी गर्दै संसद् सचिवालयमा पत्र पठाएको अवस्थामा के हो भनेर पहिले प्रस्ट हुनुपर्ने अनि मात्र दाबी गर्न मिल्ने उनले बताए । 

राष्ट्रपतिकै प्रसंगमा प्रधानमन्त्री पुष्पकमल दाहालको व्यवहार नकारात्मक नभएको दाबी गर्दै उनले प्रधानमन्त्रीको भूमिकामा शंका गर्ने ठाउँ नरहेको जिकिर गरे । “राष्ट्रिय सहमति खोज्नुको अर्थ प्रतिपक्षलाई दिनु भन्ने होइन् । प्रधानमन्त्रीले पनि सत्ता गठबन्धनभित्रबाट नै राष्ट्रपति होस् भन्ने चाहना हो”, उनले भने । 

Global Ime bank

रवि लामिछानेलाई फेरि गृहमन्त्री बनाउन बालकोटले दबाब दिइरहेको भन्ने प्रश्नमा उनले त्यस्तो नभएको तर कसलाई बनाउने भन्ने विषयमा सत्ता गठबन्धन र राष्ट्रिय स्वतन्त्र पार्टीबीचको छफलबाट टुंगो लाग्ने सुनाए । लामिछानेको मुद्दामा न्यायालयको भूमिका निष्पक्ष नभएको पोखरेलले आरोप लगाए । 
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:०७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC