site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
महिला यू–१९ टी–२० विश्वकप : भारत पहिलो संस्करणको च्याम्पियन
Sarbottam CementSarbottam Cement

काठमाडौं । पहिलो पटक आयोजित आईसीसी महिला यू–१९ टी–२० विश्वकप क्रिकेटको उपाधि भारतले जितेको छ । आइतबार सम्पन्न प्रतियोगिताको फाइनलमा इंग्ल्यान्डलाई सात विकेटले हराउँदै भारत यू–१९ महिला विश्वकपको पहिलो संस्करणको च्याम्पियन बनेको हो ।

दक्षिण अफ्रिकाको पोचेस्ट्रुमस्थित सेनवेस पार्कमा भएको फाइनल खेलमा इंग्ल्यान्डले प्रस्तुत गरेको ६९ रनको सामान्य लक्ष्य भारतले ३६ बल बाँकी रहँदै तीन विकेट गुमाएर भेट्टायो । 

भारतको जितमा सौम्या तिवारीले अविजित २४ रन जोडिन् । गोंगडी त्रिसाले पनि २४ रननै थप्दा ओपनर तथा कप्तान सिफाली वर्माले १५ रन बनाइन् ।

Prabhu Bank
Agni Group
NIC Asia

इंग्ल्यान्डकी हन्नाह बकेर, ग्रीस शृभेन्स र एलेक्सा स्टोनहाउसले समान एक विकेट लिए । 

यसअघि टस हारेपछि ब्याटिङमा निम्त्याइएको इंग्ल्यान्डले १७.१ ओभरमा सबै विकेट गुमाउनुअघि ६८ रनको योगफल खडा गरेको थियो ।

Global Ime bank

इंग्ल्यान्डकी र्याना म्याकडोनाल्ड गेले १९ रन बनाइन् । एलेक्सा स्टोनहाउस र सोफिया स्मेलले समान ११ र नियम्ह हल्यान्डले १० रन बनाउँनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

इंग्ल्यान्डलाई सस्तैमा समेट्न भारतकी टिटास साधु, अर्चना देवी र पार्सवी चोपडाले दुई–दुई विकेट लिए । मन्नत कस्यप, सफाली वर्मा र सोनम यादवले समान एक विकेट लिए ।

भारतकी टिटास साधु फाइनल खेलको ‘प्लेयर अफ दी म्याच’ चुनिइन् ।

महिला यू–१९ विश्वकपको पहिलो संस्करणमा कुल १६ टिमको सहभागिता थियो । महिला यू–१९ विश्वकपको आगामी संस्करण सन् २०२५ मा थाइल्यान्ड र मलेसियाले संयुक्त रूपमा आयोजना गर्ने प्रस्ताव छ ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  १२:०६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC