site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
पेट्रोल छर्केर आगो लगाउँदा छोराको मृत्यु
Sarbottam CementSarbottam Cement

बाँके । बाँकेको कोहलपुर नगरपालिकामा एक युवकले आफ्ना छोरा र श्रीमतीलाई आगो लगाउँदा छोराको मृत्यु भएको छ  । घटनामा श्रीमती ३० वर्षीया गंगा विक गम्भीर घाइते भएकी छन् । 

आइतबार साँझ कोहलपुर १ शान्तिनगर बस्ने ३२ वर्षीय भानुभक्त विकले घरायसी झगडामा श्रीमती र २ वर्षे छोरा प्रिन्सलाई पेट्रोल छर्केर आगो लगाएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

बुवाले लगाएको आगोले जलेर प्रिन्सको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय, बाँकेका प्रहरी नायव उपरीक्षक रामप्रसाद घर्तीले जानकारी दिए । जलेर गम्भीर घाइते भएका दुई वर्षीय बच्चा प्रिन्सको भेरी अस्पताल नेपालगञ्जमा उपचारको क्रममा मृत्यु भएको हो । 

गंगा विकको घाँटी र ढाड जलेको छ । उनको नेपालगन्जस्थित भेरी अस्पतालमा उपचार भइरहेको छ । आरोपीलाई भारततर्फ भाग्दै गरेको अवस्थामा प्रहरीले पक्राउ गरेको छ । दिल्ली जाने बस चढेर भागेका भानुभक्तलाई गएराति पक्राउ गरिएको र घटनाको अनुसन्धान थालिएको  घर्तीले बताए ।  

Global Ime bank

कोहलपुर नगरपालिकाकी उपमेयर संगीता सुवेदीका अनुसार भानुभक्तले एक वर्ष अगाडिदेखि नै श्रीमती गंगालाई कुटपिट गर्थे । आइतबार पनि बिहानैदेखि दुई जनाबीच झगडा भएको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ११:३०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC