site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुकुम्वासी हटाउन बालेनले मागे प्रधानमन्त्रीसँग सहयोग 
Sarbottam CementSarbottam Cement

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले वाग्मती करिडोरमा रहेका सुकुम्वासी हटाउन प्रधानमन्त्रीसँग सहयोग मागेका छन् ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा थापाथलीमा रहेका सुकुम्वासी हटाउन सरकारको सहयोग माग गरेका हुन् ।

 सोमबार बिहान भएको भेटमा बालेनले प्रधानमन्त्रीसँग यस्तो सहयोग मागेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

मेयर शाहका स्वकीय सचिव भुपदेव शाहका अनुसार प्रधानमन्त्री यस विषयमा सकारात्मक छन् । यसअघि थापाथलीमा रहेका सुकुम्वासी हटाउन महानगरले गरेको प्रयास असफल भएको थियो ।

सुकुम्वासी हटाउन पुगेका महानगरका सुरक्षाकर्मीमाथि त्यहाँ रहेका स्थानीय आक्रमणमा उत्रिएपछि महानगर पछि हटेको थियो ।

Global Ime bank

त्यसलगत्तै सहयोग माग्न तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष मेयर बालेन पुगेका थिए ।

तर देउवाले सुकुम्वासी समस्या दबाबले समाधान गर्न नसकिने भन्दै सरकारको समन्वयबिना किन हटाउने प्रयास गरेको भन्दै प्रश्न गरेका थिए ।

बालेनले यसअघि पनि गृह मन्त्रालयसँग सहयोग मागेका थिए । गृहले स्थायी समस्या समाधानको प्रयास गर्नुपर्ने भएकाले बल प्रयोग गरेर हटाउन नहुने सुझाव दिएको थियो ।

प्रधानमन्त्री दाहालसँगको भेटमा अन्य विषयमा पनि कुराकानी भएको मेयरका स्वकीय सचिव शाहले जानकारी दिए ।
 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०९:२१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC