site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
उपलब्धिहरू प्राप्तिको श्रेय सहिदहरूलाई जान्छ : उपराष्ट्रपति
Ghorahi CementGhorahi Cement

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’ ले प्रजातन्त्र, लोकतन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र लगायतका उपलब्धिहरू प्राप्तिको मुख्य श्रेय सहिदलाई नै जाने बताएका छन् ।

उनले ‘सहिद दिवस–२०७९ का अवसरमा शुभकामना व्यक्त गर्दै  प्रजातन्त्र, संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनार्थ आफ्नो जीवनको आहुति दिने सम्पूर्ण सहिदहरुको योगदानको उच्च मूल्याङ्कन र सहिद परिवारजनमा उच्च सम्मान व्यक्त गरेका छन् ।

Agni Group

उनले जहानियाँ राणा शासन विरोधी आन्दोलन तथा त्यसपछिका ठूल–ठूला राजनीतिक क्रान्ति तथा संघर्षमा आफ्नो जीवन आहुति दिनुहुने सम्पूर्ण सहिदहरुप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।

“नेपाली जनताको लामो राजनीतिक संघर्षपछि गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता र सामाजिक न्यायसहितको समानुपातिक समावेशी शासन व्यवस्था स्थापना भएको छ, महान् वीर सहिदहरुको बलिदानीबाट प्राप्त यी उपलब्धिहरु सविधानमार्फत संस्थागत छन्”, उनले भनेका छन् ।

Global Ime bank

 

NIBLNIBL
प्रकाशित मिति: सोमबार, माघ १६, २०७९  ०७:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC