site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृहमन्त्रालयमै फर्किने रविको चाहना, प्रचण्डले दिएनन् स्पष्ट जवाफ !
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'सँग भेटवार्ता गरेका छन् ।

आइतबार दिउँसो जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका रविले साँझ बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

भेटमा पछिल्लो राजनीतिक घटनाक्रमसहित रिक्त रहेको गृहमन्त्रालयबारे छलफल भएको स्रोतले जनाएको छ ।

स्रोतका अनुसार रविले फेरि गृहमन्त्रालय फर्किने चाहना व्यक्त गरेका छन् । तर, प्रधानमन्त्रीले भने स्पष्ट जवाफ दिइसकेका छैनन् ।

Global Ime bank

शुक्रबार सर्वोच्च अदालतले नागरिकता अवैध ठहर गरेपछि उनको सांसद पद खारेज भएको थियो । उनी शुक्रबार नै उपप्रधान तथा गृहमन्त्त्रीबाट राजीनामा दिएर सिंहदरबारबाट बाहिरिएका थिए ।

तर, आज उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नागरिकता पाइसकेका छन् । 

संविधानको धारा ७८ (१) अनुसार प्रधानमन्त्रीको सिफारिसमा गैरसांसद पनि मन्त्री बन्न पाउँछन् । तर, त्यसरी नियुक्त भएका मन्त्रीले ६ महिनाभित्र संसद्को सदस्यता प्राप्त गर्नुपर्छ ।

 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २३:५०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC