site stats
बाह्रखरी :: Baahrakhari
विदेश
Nabil BankNabil Bank
इरानको सैनिक परिसरमा ड्रोन हमला
Sarbottam CementSarbottam Cement

तेहरान । इरानको रक्षा मन्त्रालयले इस्फाहान सहरस्थित एउटा सैनिक परिसरमा भएको ड्रोन आक्रमणलाई विफल पारिएको दाबी गरेको छ । मन्त्रालयले आक्रमणमा तीनवटा ड्रोन संलग्न रहेको र यसमा कुनै मानवीय क्षति नभएको पनि जनाएको छ ।

मन्त्रालयले अगाडि भनेको छ, “एउटा ड्रोनलाई वायु प्रतिरक्षा प्रणालीबाट ध्वस्त पारिएको थियो । अन्य दुईवटा ड्रोनलाई 'प्रतिरक्षा जाल'मा पारेर समातिएको थियो । यस कार्यको दौरान एउटा भवनमा सामान्य क्षति भएको छ ।"

Prabhu Bank
Agni Group
NIC Asia

बीबीसीले आक्रमणबाट भएको क्षतिको पूर्ण विवरण पुष्टि गरेको छैन । अहिलेसम्म कसैले पनि आक्रमणका लागि जिम्मेवारी लिइसकेको छैन । 

इरानका विदेशमन्त्री होस्सेन आमिर–अब्दोल्लाहियानले भनेका छन्, “मुलकमा अस्थिरता ल्याउने प्रयास स्वरूप यो कायरतापूर्ण घटना घटाइएको हो । तर यस घटनाले इरानको शान्तिपूर्ण ढंगले आणविक विकास गर्ने चहना र दृढतालाई कुनै प्रभाव पार्ने छैन ।"

Global Ime bank

इरानको आणविक कार्यक्रम र युक्रेनमाथि आक्रमण गरिरहेका रुसलाई हातहतियार आपूर्ति गरेको कारण तनाव चर्किरहेका अवस्था यो ड्रोन आक्रमण भएको हो । 

मुस्लिम पोशाकको नियम तोडेको आरोपमा पक्राउ परेकी एक महिलाको प्रहरी हिरासतमा मृत्यु भएको विषयलाई लिएर पछिल्ला महिनामा इरानमा व्यापक विारेध प्रदर्शनका घटना भइरहेका छन् । 

इरानी सरकारी सञ्चार माध्यमलाई उपलब्ध गराइएको एक विज्ञप्तिमा रक्षा मन्त्रालयले स्थानीय समय अनुसार शनिबार राति करिब ११ बजेर ३० मिनेट जाँदा ड्रोन आक्रमण भएको उल्लेख गरेको छ ।

बीबीसीबाट ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  २३:००
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC