site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
नियुक्ति प्रक्रियामै रहेका मोन्टी देसाईले थाले प्रशिक्षण (तस्बिरसहित)

काठमाडौं । नियुक्तिको प्रक्रियामै रहेका मोन्टी देसाईले आइतबारदेखि नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षण थालेका छन् ।

क्यानले गएको पुस २४ गते मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको थियो । माघ १८ गते क्यानले आफ्नो फेसबुक पेजमा मुख्य प्रशिक्षक छनोट समितिलाई उद्धृत गर्दै २४ जनाको आवेदन परेको र त्यसबाट पाँचजनालाई अन्तर्वार्तामा बेलाइएको जनाएको थियो । छनोट समितिले मुख्य प्रशिक्षकमा देसाईको नाम सिफारिस गरेको थियो ।

Monti Deshain (4)1674999865.jpg

Prabhu Bank
Agni Group
NIC Asia

क्यानले माघ ११ गते मुख्य प्रशिक्षकको नाम सार्वजनिक गर्ने तयारी गरेको थियो । तर, राष्ट्रिय खेलकुद परिषद् (राखेप)बाट स्वीकृति लिनुपर्ने प्रक्रिया पूरा नभएकाले क्यानले अझै नाम सार्वजनिक गर्न सकेको छैन । विदेशी प्रशिक्षक नियुक्त गर्दा राखेपबाट स्वीकृति लिएपछि मात्र श्रम स्वीकृति लिने प्रक्रिया अघि बढ्छ । 

Monti Deshain (3)1674999838.jpg

Global Ime bank

“सबै प्रक्रिया पूरा भएको छ । राखेप कार्यकारी समिति बैठक बसेर निर्णय गर्न बाँकी छ । सोमबार बस्ने राखेप कार्यसमितिको बैठकले निर्णय गरेर मन्त्रालय पठाउनेछ,” राखेपका खेलकुद विकास विभाग प्रमुख प्रेमबहादुर मल्लले भने । 

राष्ट्रिय खेलकुद विकास ऐनको दफा ४४ को उपदफा २ अनुसार राष्ट्रिय खेल संघ वा प्रदेश र स्थानीयस्तरका खेलसम्बन्धी संस्था वा निकाय तथा संघले विदेशी सरकार, अन्तर्राष्ट्रिय संघ संस्था, विदेशी संस्था वा व्यक्तिसँग सम्झौता गर्दा राष्ट्रिय खेलुकद परिषद्मार्फत सरकारको स्वीकृति लिनुपर्ने हुन्छ ।

Monti Deshain (1)1674999831.jpg

क्यानकै बोर्ड सदस्यहरूले मुख्य प्रशिक्षक नियुक्तिमै त्रुटि भएको आरोप लगाएका छन् । उनीहरूले छनोट समितिलाई कार्यकारी अधिकार नभएको र प्रशिक्षक नियुक्ति बोर्ड बैठकबाट निर्णय गर्नुपर्ने बताएका छन् । क्यानको बोर्ड बैठक माग १७ गते पोखरामा बस्ने भनिएको छ ।

Nepali Cricket (4)1674999870.jpg

क्यानले माघ १३ गते आईसीसी क्रिकेट विश्वकप लिग–२ का लागि २८ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको छ । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेपाल, नामिबिया र स्कटल्यान्डबीचको खेल फागुन २ गतेबाट नेपालमै हुँदै छ । आईसीसी एकदिवसीय विश्वकप छनोट तथा एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता कायम राख्नका लागि यस प्रतियोगिता महत्त्वपूर्ण छ । 

Nepali Cricket (2)1674999870.jpg

नेपाल २४ खेलबाट १८ अंक जोड्दै छैटौँ स्थानमा छ । नेपालको भारतमा हुने विश्वकप छनोटको सम्भावना न्यून छ । एकदिवसीय अन्तर्राष्ट्रिय मान्यता जोगाउनका लागि बाँकी खेल महत्त्वपूर्ण छ । त्यसमाथि नेपालको घरेलु मैदानमा हुने खेल अझै महत्त्वपूर्ण छ ।

Nepali Cricket (7)1674999875.jpg

Nepali Cricket (6)1674999875.jpg

Nepali Cricket (8)1674999879.jpg

Nepali Cricket (9)1674999880.jpg

Nepali Cricket (12)1674999883.jpg

Nepali Cricket (13)1674999899.jpg

Nepali Cricket (14)1674999899.jpg

Nepali Cricket (16)1674999903.jpg

Nepali Cricket (15)1674999903.jpg

Nepali Cricket (18)1674999907.jpg

Nepali Cricket (17)1674999907.jpg

Nepali Cricket (19)1674999914.jpg

तस्बिरहरू : हरिशजंग क्षेत्री/बाह्रखरी

प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १९:३३
NIBLNIBL
प्रतिक्रिया दिनुहोस्