site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
कान्तिपुर कलेज हिसान क्रिकेट च्याम्पियन
Sarbottam CementSarbottam Cement

विराटनगर । सविक विजेता कोसी क्याम्पसलाई फराकिलो रन अन्तरले पराजित गर्दै कान्तिपुर कलेज विराटनगर हिसान क्रिकेटको च्याम्पियन बनेको छ ।

आइतबार बैजनाथपुरको क्रिकेट मैदानमा भएको फाइनल खेलमा साविक विजेता कोसी क्याम्पसलाई ९८ रनको फराकिलो अन्तरले पराजित गदै कान्तिपुर क्रिकेटको च्याम्पियन बनेको हो ।

हिसान स्पोर्टस मिटको ११ औं संस्करणको फाइनलमा टस जितेर ब्याटिङ गरेको कान्तिपुरले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १ सय ३७ रनको योगफल तयार गरेको थियो । उसको जितमा निशान्त यादवले ४० रन, भोला सेठले २७ रन, कृष्ण गुप्ताले २५ रन र नवराज संग्रौलाले १५ रनको गोगदान दिएका थिए । 

Prabhu Bank
Agni Group
NIC Asia

कोसीका सुमन पासवान र अमित रायले १–१ विकेट लिए ।

जवाफमा उत्रिएको कोसीले कान्तिपुरको बलरसामु घुँडा टेक्दै १३ ओभरमा सबै विकेट गुमाई ३९ रनमा सीमित बन्न पुग्यो । कोसीका  सुमन पासवानले १० रन बाहेक अरु ब्याटम्यानले जम्न सकेनन् ।

Global Ime bank

म्यान अफ द फाइनल कान्तिपुरका राज बर्माले ४ ओभरमा ९ रन दिएर ७ विकेट लिँदा अफुदिन रेनले २ विकेट लिए । प्रतियोगिताको कान्तिपुरका राज बर्मा घोषित भए । यसैगरी अभिषेक मण्डल उत्कृष्ट बलर घोषित भए । कोसीमा अमित राय उत्कृष्ट ब्याट्सम्यान घोषित भए ।

कोसी कलेज फुटबलको फाइनलमा 

हिसान स्पोर्टस मिट अन्तर्गत शहिद मैदानमा आइतबार भएको फुटबलको सेमिफाइनलमा कोसी क्याम्पस विजयी हुँदै फाइनलमा प्रवेश गरेको छ ।

पहिलो सेमिफाइनल खेलमा विराटनगरको कोसी क्याम्पसले पथरीको रेडटार कलेजाई १–० को गोल अन्तरले पराजित गदै फाइनलमा प्रवेश गरेको छ । खेलको एक मात्र निर्णायक गोल कोशीका किशोर चाम्लिङले गरे । उनी खेलको म्यान अफ द म्याच घोषित भए । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १९:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC