site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
गृह मन्त्रालयमा दाबी गर्नै पर्दैन, स्वतः हाम्रै हो : रास्वपा
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गृहमन्त्रालय आफूहरुको भागमा परेको हुँदा छाड्न नसकिने निस्कर्ष निकालेको छ ।

केन्द्रीय समितिको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।  बैठकले रवि लामिछानेलाई केन्द्रीय समितिमा मनोनीत गर्दै सभापतिमा चयन गरेको थियो ।

Prabhu Bank
Agni Group
NIC Asia

“हामीले गृह मन्त्रालय नपाउने भन्ने हुँदैन,” प्रवक्ता मुकुल ढकालले भने, “हामीमा आएको समस्या थियो । हामीले समाधान पनि गरेका छौँ ।”

उनले रवि लामिछानेलाई केन्द्रीय सदस्यमा मनोनयन गर्ने निर्णय गर्दै पछि सभापतिमा चयन गरेको जानकारी दिए ।
“पार्टी सभापतिमा रवि लामिछाने चयन हुनुभएको छ,” उनले भने, “जुन समस्या हामीकहाँ आएको थियो, करिब समाधान गरेका छौँ । अन्य दलले आफ्नो तरिकाले बुझ्न जरुरी छैन । गृह मन्त्रालय हामीले पाएका हौँ । यो कुराको बारेमा दलका अन्य सभापति र अध्यक्षलाई भेट्नुहुन्छ । सभापतिलाई अधिकार दिएका छौँ । गृहमा हाम्रो दाबी हो । बाँडफाँटको समयमा हामीले पाएका हौँ । पुनः दाबी गर्न पर्दैन स्वतः पाउनुपर्छ ।”

Global Ime bank

उनका अनुसार पार्टीले गृह मन्त्रालयमा जसलाई पनि पठाउन सक्ने बताए ।
 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १८:२०
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC