site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
जोकोभिचलाई कीर्तिमानी अस्ट्रेलियन ओपनको उपाधि
Sarbottam CementSarbottam Cement

काठमाडौं । चौथो वरीयताका नोभाक जोकोभिचले आइतबार तेस्रो वरीयताका स्टेफानोस सित्सिपासलाई ३–० को सेझो सेटमा हराउँदै अस्ट्रेलियन ओपनको उपाधि जितेका छन् । 

सर्बियाका पूर्व नम्बर एक जोकोभिचले ग्रिसका सित्सिपासलाई पहिलो सेटमा सहज जित निकाले पनि बाँकी दुई सेटमा संघर्ष गर्नु परेको थियो । जोकोभिचले बाँकी ६–३, ७–६(७/४), ७–६(७/५) को स्कोरमा हराएका हुन् । अस्ट्रेलियामा जोकोभिचले सबैभन्दा उपाधि उचालेका छन् । मेलबर्न पार्कमा जोकोभिचको यो दसौँ उपाधि हो । अस्ट्रेलियाका रोए इमर्सन र स्विट्जरल्यान्डका रोजर फेडेररले समान ६ पटक उपाधि जितेका छन् ।

Prabhu Bank
Agni Group
NIC Asia

जोकोभिचले यसअघि २००८, २०११, २०१२,  २०१३, २०१५, २०१६, २०१९, २०२० र २०२१ मा अस्ट्रेलियन ओपनको उपाधि जितेका थिए । ३५ वर्षे जोकोभिचको यो २२औँ ग्रान्डस्लाम उपाधि हो । यससँगै जोकोभिचले नाफेल नाडालको सबैभन्दा धेरै २२ ग्रान्डस्लामको उपाधि जित्ने कीर्तिमानीसँग पनि बराबरी गरेका छन् । 

जोकोभिचले दुई फ्रेन्च ओपन, सात विम्बल्डन र तीन यूएस ओपनको उपाधि जितेका छन् । 

Global Ime bank

जोकोभिचले गत वर्ष अस्ट्रेलियन ओपन खेल्न पाएनन् । कोभिड–१९ विरुद्धको खोप नलगाएका कारण जोकोभिचलाई अस्ट्रेलिया प्रवेशमा रोक लागाइएको थियो । जोकोभिचले अदालतमा मुद्दा दायर गरेपछि अस्ट्रेलियामा प्रवेश गरेपनि जोकोभिचलाई पछि डिपोट गरिएको थियो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १७:५३
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC