राजनीति
काठमाडौं । अमेरिकी नागरिकता त्यागेपछि पुनः नागरिकता लिने प्रक्रियामा नगएका कारण सांसद पदसँगै उपप्रधानमन्त्री र गृहमन्त्री पद गुमाएका रवि लामिछानेले पुनः नागरिकता लिएसँगै आफूले लिएको पासपोर्ट फिर्ता गरेका छन् ।
लामिछानेले नागरिकता पुनः प्राप्तिसँगै राहदानी विभाग पुगेर आफ्नो राहदानी फिर्ता गरेका हु्न् ।
अमेरिकाको नागरिकता नत्याग्दै लामिछानेले २०७२ साल जेठ १३ मा नेपालको पासपोर्ट लिएका थिए । तर, अमेरिकी नागरिकता भने २०७५ असार ६ मा परित्याग गरेका थिए ।
लामिछाने निकट रास्वपा नेताका अनुसार नागरिकतामा सर्वोच्चको आदेशको सम्मान गर्दै नागरिकता लिएपछि उनले पुरानो पासपोर्ट फिर्ता गरेका हु्न् ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १७:१५
प्रतिक्रिया दिनुहोस्