site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
राष्ट्रिय महिला फुटबल टिमको मुख्य प्रशिक्षकमा अनन्त थापा
Ghorahi CementGhorahi Cement

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले आइतबार नेपाल पुलिस क्लबका प्रशिक्षक अनन्तराज थापालाई भारतविरुद्धको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका लागि राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकमा नियुक्त गरेको छ ।

एन्फाका महासचिव किरण राईले सातदोबाटोस्थित एन्फा मुख्यालयमा थापालाई नियुक्तिपत्र हस्तान्तरण गरे । अनन्तलाई गंगा गुरुङले सहायक प्रशिक्षकका रुपमा सघाउनेछन् । त्यस्तै सुरजकुमार लामाले गोलकिपिङ प्रशिक्षकका रुपमा अनन्तलाई सघाउनेछन् । 

Agni Group

नेपाली राष्ट्रिय महिला टोलीले भारतसँग चेन्नईमा फेब्रुअरी १५ र १८ मा दुई मैत्रीपूर्ण खेल खेल्नेछ । भारत भ्रमणका लागि एन्फाले बृन्दा देवानलाई टिम म्यानेजरमा नियुक्त गरेको छ ।

एन्फाले महिला साफ च्याम्पियनसिपका लागि सशस्त्र प्रहरी बल (एपीएफ)का कुमार थापालाई मुख्य प्रशिक्षकको जिम्मेवारी दिएको थियो । फाइनलमा बंगलादेशसँग पराजित भएपछि थापाले पदबाट राजीनामा दिएका थिए । 

Global Ime bank

साफपछि नेपाली महिला टिमले खेल्न लागेको यो पहिलो हो । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
ICACICAC