site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
कोरोनाविरुद्धको ४० लाख डोज खोप खेर जाने अवस्थामा 
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । कोभिड–१९ विरुद्धको ४० लाख डोज खोप खेर जाने अवस्थामा पुगेको छ । स्वास्थ्य सेवा विभागको आपूर्ति व्यवस्थापन शाखाका अनुसार अहिले ‘स्टक’मा रहेको ४० लाख मात्रा साइनोभ्याक खोप प्रयोगविहीन बनेको हो ।

लक्षित सबै नागरिकले कोभिड–१९ विरुद्धका दुई मात्रा खोप लगाइसकेको र ‘बुस्टर’ मात्राका रूपमा सो खोप दिन नमिल्ने शाखाले जनाएको छ । विभागसँग स्टकमा रहेको ४० लाख मात्रा खोप के गर्ने भन्ने निर्णय नभएको शाखाका प्रमुख सुरेन्द्र चौरासियाले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“स्टकमा रहेको ४० लाख डोज खोपको उपभोग्य म्याद डिसेम्बर २०२३ सम्म छ । अब यसलाई के गर्ने भन्नेबारे स्वास्थ्य मन्त्रालयकै तहबाट निर्णय हुनुपर्ने देखिएको छ,” चौरासियाले भने । सो खोप चीन सरकारले नेपाललाई सहयोगस्वरूप निःशुल्क उपलब्ध गराएको थियो ।

बुस्टरका लागि विभागले कोभ्याक्स सुविधामार्फत आउँदो फेब्रुअरी दोस्रो साता थप १० लाख मात्रा फाइजर खोप ल्याउने भएको छ । सो खोप १२ वर्षमाथिका दुई मात्रा पूरा गरेका नागरिकलाई दिइनेछ ।

Global Ime bank

बुस्टरपछि सरकारले कोभिड–१९ विरुद्धको चौथो मात्रा खोप दिने तयारी गरेको छ । यसलाई ‘दोस्रो बुस्टर मात्रा’ भनिएको छ । त्यसका लागि थप १५ लाख मात्रा फाइजर खोप ल्याउने विभागको तयारी छ ।

परिवार कल्याण महाशाखाले गएको कात्तिक २० गते नै चौथो मात्रा खोप दिने निर्णय गरेको थियो । महाशाखाअन्तर्गतको खोप शाखाका प्रमुख सागर दाहालका अनुसार १२ वर्षमाथिका पहिलो बुस्टर मात्रा लगाएका नागरिकलाई सो खोप दिइनेछ ।

दोस्रो बुस्टर मात्रा दिनका लागि हाललाई ६ समूह छुट्ट्याइएको छ । त्यसमा ५५ वर्ष वा सोभन्दा माथिका सबै नागरिक, रोग प्रतिरोधी क्षमता कम र धेरै कम भएका बिरामीहरू, दीर्घरोग भएका बिरामीहरू, गर्भवती र स्वास्थ्यकर्मी रहेका छन् ।

५ देखि १२ वर्षसम्मका बालबालिकालाई समेत गरी नेपालमा हालसम्म पाँच करोड ७२ लाख ६४ हजार २०१ मात्रा खोप लगाइएको स्वास्थ्य तथा जनसंख्या मन्त्रायको तथ्यांक छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १६:३४
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC