site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सत्ता समीकरणमा फेरबदल ल्याउन रविमाथि मुद्दा हालियो : पोखरेल
फाइल तस्बिर ।
Ghorahi CementGhorahi Cement

काठमाडौं । नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सत्तासमीकरणमा फेरबदल ल्याउने उद्देश्यसहित निवर्तमान गृहमन्त्री रवि लामिछानेमाथि नागरिकता प्रकरणमा मुद्दा हालिएको जिकिर गरेका छन् । सत्तासमीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भनेर लामिछानेमाथि उक्त मुद्दा हालिएको पोखरेलको भनाइ छ ।

आइतबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उनले लामिछानेको नागरिकता प्रकरणले सत्तासमीकरणमा फेरबदल नहुने स्पष्ट पारे । राजनीतिक ‘मिसन’ अदालती प्रक्रियाले उत्पन्न गरेको प्रश्नका कारण नबिथोलिने भन्दै उनले समस्याको समाधान गरिने बताए ।

Agni Group

“सामान्यतया अभ्यासमा के हुने गर्छ भन्ने कुरालाई उहाँले आम अभ्यासलाई रवि लामिछानेले प्रयोगमा ल्याउनुभयो । आम अभ्यासमा जे भइराखेको छ, त्यही अभ्यासमा उहाँ हिँड्न खोज्नुभयो । तर, अदालतले चाहिँ भाषालाई समात्यो । मुद्दा परिसकेपछि अदालतले भाषालाई समाउने कुराचाहिँ स्वाभाविक पनि होला । तर, नेपालका सन्दर्भमा भन्ने हो भने थुप्रै व्यक्तिहरू पीआर लिएर विदेशमा बसेकाहरू फर्केर आउँदाखेरि स्वतः नेपाली नागरिक भएका छन् । कसैले प्रश्न उठाएको छ र ? पीआर लिएका व्यक्तिहरूले पीआर परित्याग गरेको घोषणा गरेर त्यसपछि फेरि नयाँ प्रक्रियाबाट नागरिकता प्राप्त गरेको सुन्नुभएको छ ?,” उनले भने, “तर, रवि लामिछानेको हकमा यसलाई विषय बनाइयो । किन बनाइयो भन्दाखेरि कतै यो विषयलाई अगाडि बढाएर सत्तासमीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो । तर, यसले उनीहरूले सोचेजस्तो काम गर्दैन । किनकि, राजनीतिक मिसन भनेको अदालती प्रक्रियाले उत्पन्न गरेका प्रश्नका कारणले बिथोलिने होइन । राजनीति भनेको त्योभन्दा माथिको चिज हो । त्यस अर्थमा हामी यसलाई राजनीतिक ढंगले ट्याकल गर्छौँ । समाधान गर्छौँ भन्ने कुरा नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ ।”

महासचिव पोखरेलले लामिछानेको नागरिकता प्रकरणमा सर्वोच्च अदालतले देखाएको सक्रियता चामत्कारिक रहेको टिप्पणी गरे । कतिपय मुद्दाहरूको फटाफट निर्णय हुने गरेको भन्दै उनले यसको यथोचित जवाफ अदालतले दिनुपर्ने बताए ।

Global Ime bank

उनले प्रधानन्यायाधीशको महाअभियोग प्रकरणका सन्दर्भमा संसद्ले लेखेको पत्रका बारेमा सर्वोच्चले देखाएको सक्रियता अस्वभाविक रहेको उल्लेख गरे । “सर्वोच्च अदालतले आफ्नो भूमिकाका सन्दर्भमा उठिरहेका प्रश्नहरूको त उसले यथोचित जवाफ दिनैपर्छ र जनतालाई अदालतप्रतिको विश्वास पैदा हुने वातावरण सिर्जना गर्नुपर्छ । कतिपय प्रश्नहरू उस्तै प्रकृतिका विषयहरू न्यायिक निरुपणका लागि प्रस्तुत हुँदाखेरि सर्वोच्च अदालत अत्यन्त उदासीन देखिने, प्रक्रिया नै अगाडि नबढ्ने । दर्जनौँ विषयहरू पेन्डिङमा रहनुपर्ने । कतिपय विषयहरू फटाफट निर्णय हुने,” उनले भने, “पछिल्लो समयकै सन्दर्भमा भन्दाखेरि प्रधानन्यायाधीशको महाअभियोग प्रकरणका सन्दर्भमा संसद्ले लेखेको पत्रका बारेमा सर्वोच्चको सक्रियता अस्वाभाविक देखियो । अहिले रवि लामिछानेजीको विषयमा उसको न्यायिक सक्रियता प्रशंसा गर्न लायक छ भन्नुपर्छ । तर, त्यो कुरा अरू मुद्दाका हकमा किन देखिँदैन ? रवि लामिछानेजीका सन्दर्भका बारेमा मुद्दा दर्ता गर्ने पक्षको नियत पनि बुझ्न सकिन्छ । न्यायिक सक्रियता पनि चामत्कारिक छ । तर, फेरि स्वाभाविक रूपमा राजनीतिक रूपमा हेर्नेहरूले के हुन्छ ? सर्वोच्चको फैसलाको सम्मान गर्छन् । र, राजनीतिक समाधान खोज्छन् । हामी त्यही बाटोबाट अगाडि बढ्छौँ ।”

उनले आफूहरूले सर्वोच्च अदालतको फैसलालाई सम्मान गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:५७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC