site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
कर्मचारी अभावको दबाबमा प्रदेश–१ सरकार : चार महिनादेखि निमित्त प्रमुख सचिवको भर
Ghorahi CementGhorahi Cement

विराटनगर । निर्वाचन सम्पन्न भई नयाँ सरकार गठन भइसकेको छ । तर, प्रदेश नम्बर–१ सरकार कर्मचारी अभावसँग जुधिरहेको छ । दरबन्दीअनुसार कर्मचारी छैनन् । मन्त्रालयदेखि प्रदेशका विभिन्न कार्यालयमा कर्मचारीको अभाव छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार प्रदेश सरकारका मन्त्रालय र मातहत निकायमा गरी चार हजार ६०० कर्मचारीको दरबन्दी छ । तर, हाल दुई हजार ८०० कर्मचारीबाट काम चलाउनु परेको छ । धेरै दरबन्दीमा केन्द्रबाट कर्मचारी काजमा छन् ।

संघीय सरकारले यो प्रदेशमा अझै एक हजार कर्मचारी पठाउनुपर्नेछ । समायोजन भई प्रदेशतर्फ आएका धेरै कर्मचारी अवकाश पाई बिदा भइसकेका छन् । ती रिक्त पदमा समेत कर्मचारी पूर्ति गरिएको छैन ।

Agni Group

कर्मचारीको अभाव कतिसम्म छ भन्ने प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको अवस्था हेरे पुग्छ । मन्त्रालय र मातहत ३३ कार्यालयमा ५३१ कर्मचारीको दरबन्दी छ । तर, ३१८ जना मात्र उपलब्ध छन् । अधिकृतस्तरका ८४ कर्मचारीको दरबन्दी छ । ३२ जनाबाट काम चलाउनु परेको छ ।

दरबन्दीअनुसार प्रदेशमा ३० उपसचिव हुनुपर्ने हो । अहिले तीनजना मात्र कार्यरत छन् । प्रमुख सचिव नहुँदा लामो समयदेखि निमित्त प्रमुखको भरमा काम चलाउनु परेको छ ।

Global Ime bank

कर्मचारी अभावका कारण प्रशासनिक कार्य चुस्त रूपमा सम्पादन गर्न समस्या भएको मुख्यमन्त्री हिक्मत कार्की बताउँछन् । “प्रदेशले पूर्ण क्षमताका काम गर्न दरबन्दीअनुरूपका कर्मचारी अनिवार्य छ,” उनले भने ।

संघीय निजामती ऐन बनेर आए धेरै पदमा प्रदेश लोकसेवा आयोगबाट कर्मचारी नियुक्त गर्ने प्रक्रिया अघि बढ्ने उनको भनाइ छ ।

प्रदेश–१ का निमित्त मुख्यसचिव किशोर चौधरी केन्द्र सरकारले संघीय निजामती सेवा ऐन ल्याउन विलम्ब गर्दा प्रदेशमा आवश्यक कर्मचारी पदपूर्ति गर्ने कार्य अघि नबढेको बताउँछन् ।

उनले भने, “प्रदेशका लागि आवश्यक पर्ने कर्मचारी पदपूर्ति गर्न प्रदेश लोकसेवा आयोगले क्यालेन्डर तयार गरेर दरबन्दी निकाल्ने तयारीसम्म गरेको छ । तर, प्रक्रिया भने केन्द्रकै कारण रोकिएको हो ।”

प्रदेश–१ मा ०७४ फागुन ४ गते पहिलो सरकार गठन भएको थियो । त्यसयता आठ प्रमुख सचिव फेरिइसकेका छन् । चार महिनादेखि प्रदेशमा निमित्तको भरमा काम चलाइएको छ ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १५:३६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC