site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
Sarbottam CementSarbottam Cement
सुष्मालाई सिरीष फाउन्डेसनको सम्मान 
Ghorahi CementGhorahi Cement

काठमाडौं । थाइल्यान्डको बैंककमा सम्पन्न एएसबीसी एसियन यू–२२ बक्सिङ च्याम्पियनसिपमा ऐतिहासिक रजतपदक जित्न सफल सुष्मा तामाङलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ । सिरीष फाउन्डेसनले सम्मान गरेको हो ।

सुष्मा प्रतियोगिताको फाइनलमा उज्वेकिस्तानकी फोजिलोभा फरजोनासँग अंकका आधरमा ५ः० ले पराजित भएकी थिइन् । सुष्माले महिला ४८ किलो तौल समूहमा प्रतिस्पर्धा गरेकी थिइन् ।

Agni Group

एसियालीस्तरमा कुनै पनि उमेर समूहमा नेपाली बक्सिङ खेलाडीले रजतपदक जितेको त्यो पहिलोपटक हो । यसअघि, एसियन गेम्समा नेपाली खेलाडीले कास्यपदक जितेका थिए ।

सुष्माले यस्तो सम्मानले आउँदा दिनमा अझ राम्रो गर्नका लागि उत्प्रेरणा मिलेको बताइन् । उनले भनिन्, “मैले पहिले पनि दुई–तीनवटा अन्तर्राष्ट्रिय प्रतियोगिता खेलिसकेको थिएँ । जसका कारण यस प्रतियोगितामा पनि सहज भयो । मैले पहिलो खेलमा भियतनामको खेलाडीविरुद्ध खेलेकी थिएँ । त्यसपछि मंगोलियाको खेलाडीसँग खेलेको थिएँ । मंगोलियाका खेलाडीसँग प्रतिस्पर्धा गरेँ । उज्वेकिस्तानकी खेलाडी एसियन च्याम्पियन हुन् । फाइनलमा पराजित भए पनि मलाई आगामी प्रतियोगिताका लागि प्रेरणा मिलेको छ ।”

Global Ime bank

सिरीष फाउन्डेसनले सुष्मालाई यसअघि छात्रावृत्ति प्रदान गरेको थियो ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:५८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC