site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
‘अध्यक्ष चन्दलगायत कार्यसम्पादन समितिले राजीनामा दिनुपर्छ’
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)का सात केन्द्रीय सदस्यले नेपाल ट्वान्टी–२० लिगका क्रममा भएका सम्पूर्ण विवादको जिम्मेवारी अध्यक्ष चतुरबहादुर चन्दलगायत कार्यसम्पादन समितिले लिनुपर्ने भन्दै राजीनामाको माग गरेका छन् ।

गएको पुस ९ देखि २७ गतेसम्म कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको उक्त लिगमा ‘स्पट फिक्सिङ’ भएको बताइएको छ । साथै, क्यानले भारतीय कम्पनी सेभेन थ्री स्पोर्ट्सलाई व्यावसायिक तथा रणनीतिक साझेदार बनाउनका लागि गरिएको सम्झैता पनि गैरकानुनी भएको बताइएको छ । क्यानले सेभेन थ्री स्पोर्ट्ससँग आठ वर्षको सम्झौता गरेको थियो ।

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले बनाएको छानबिन समितिले क्यान र भारतीय कम्पनीबीच भएको सम्झैता गैरकानुनी भएको ठहर गरेको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

यस्तै, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले प्रतियोगितामा स्पट फिक्सिङ भएको भन्दै दुई खेलाडीलाई पक्राउ गरिसकेको छ ।

क्यानका सात सदस्यले आफूहरूले यस विषयमा पटक–पटक प्रश्न उठाए पनि नेतृत्वले बेवास्ता गरेको बताएका छन् । “भारतीय कम्पनीको पृष्ठभूमि शंकास्पद देखिएको तथा सम्झौता गर्नुअघि ग्लोबल टेन्डरमार्फत गर्नुपर्नेमा हामी स्पष्ट थियौँ । जसका कारण हामीले लिगको विषयमा पटक–पटक नोट अफ डिसेन्ट समेत लेखेका थियौँ,” सात सदस्यले जारी गरेको विज्ञप्तिमा उल्लेख छ, “हामीले क्यान नेतृत्वको गलत कार्यको निरन्तर औपचारिक मञ्चमा पनि विरोध गर्‍यौँ । साझेदार कम्पनी नै फिक्सिङमा संलग्न हुनुको मुख्य दोष क्यान नेतृत्वको हो । त्यसमा पनि महत्त्वपूर्ण निर्णय गर्ने क्यानको कार्यसम्पादन समितिने प्रमुख दोषी हो । क्यान नेतृत्व र कार्यसम्पादन समिति स्पट फिक्सिङको दोषबाट भाग्न सक्दैन । हामी केन्द्रीय सदस्यहरू उहाँहरूको राजीनामा  जोडदार रूपमा माग गर्छौँ ।”

Global Ime bank

आयोजनाको सम्पूर्ण जिम्मेवारी लिएको भारतीय कम्पनीका प्रमुख जतिन अहलुवालिया प्रतियोगिताको बीचमै भागेर भारत गएका थिए । त्यसलाई क्यान नेतृत्वले पनि स्वीकार गरेको छ । गएको बिहीबार क्यानका अध्यक्ष चतुरबहादुर चन्द, कार्यवाहक सचिव प्रशान्तविक्रम मल्ल र कोषाध्यक्ष रोशन सिंहले पत्रकार सम्मेलन गर्दै उक्त लिग सञ्चालनका क्रममा गल्ती भएको स्वीकार गरेका थिए ।

क्यानका सात सदस्यले नेतृत्वले जानाजान गल्ती गरेको आरोप लगाएका छन् । उनीहरूले भनेका छन्, “हामीले पटक–पटक सचेत गराएका थियौँ । तर, उहाँहरूले जर्बरजस्ती निर्णय गर्नुभयो । यसले नेपाल क्रिकेटको मानमर्दन भएको छ । हामीले पटक–पटक सचेत गराउनका बाबजुद त्यही कम्पनीलाई नेपाली क्रिकेट सुम्पिने हठ गर्ने नेतृत्व अहिले आएर माफी मागेको भरमा पन्छिन मिल्दैन र सरोकारवाला निकायले पनि नेपालि क्रिकेटलाई बेटिङ र फिक्सिङको उर्भर भूमिका रूपमा अन्तराष्ट्रिय मञ्चमा बदनाम गराउनेहरूलाई उन्मुक्ति दिन छुट छैन ।”

उनीहरूले क्यान कार्यसम्पादन समितिमा रहेका चतुरबहादुर चन्द, प्रशान्तविक्रम मल्ल, रोशन सिंह, दुर्गाराज पाठक र पदक खड्काले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरेका छन् ।

यस्तै, नेपाल ट्वान्टी–२० लिगको गभर्निङ काउन्सिलका संयोजक प्रशान्तविक्रम मल्ल, सदस्यहरू दुर्गाराज पाठक, भानुभक्त सिग्देल, अशोक मल्होत्रा र सेभेन थ्री स्पोर्ट्सका प्रमुख जतिन अहलुवालियालाई पनि कारबाहीको दायारामा ल्याउनुपर्ने उनीहरूको माग छ । 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:५१
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC