site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
नर्सलाई न्यूनतम पारिश्रमिक नदिनेलाई कडा कारबाही : मन्त्री गिरी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले नर्सहरूलाई न्यूनतम पारिश्रमिक पनि नदिने अस्पतालसहित स्वास्थ्य संस्थामाथि कडा कारबाही गर्ने चेतावनी दिएका छन् ।

न्यूनतम पारिश्रमिक नदिई नर्सहरूलाई काममा लगाउने विषय मान्य नहुने भन्दै मन्त्री गिरीले त्यस्ता अस्पताल वा स्वास्थ्य संस्थामाथि अनुगमन गरी तथ्य र प्रमाणको आधारमा कारबाही गर्ने बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

आइतबार काठमाडौंमा नेपाल नर्सिङ संघको ६१औँ वार्षिकोत्सव कार्यक्रममा उनले मासिक ८/१० हजारमा नर्सहरूले काम गर्नुपर्ने कहाली लाग्दो अवस्था आफूले सुनेको बताए । तथ्य र प्रमाण जुटाउनका लागि मन्त्रालयले निजी क्षेत्रका सबै अस्पताल र स्वास्थ्य संस्थामा तत्काल अनुगमन गर्ने घोषणा उनले गरे ।

मन्त्री गिरीले नर्सहरूको श्रमशोषण गर्ने अस्पतालसहित स्वास्थ्य संस्थाको नवीकरण नगर्नेदेखि संस्था नै खारेज गर्न सरकार बाध्य हुनेतर्फ सचेत गराए । उनले नर्सहरूलाई ‘अनलाइन पेमेन्ट’को व्यवस्था गर्न निजी क्षेत्रका अस्पतालसहित स्वास्थ्य संस्थालाई आग्रह गरे ।

Global Ime bank

“अहिले मैले सुनेँ– नर्सहरूले आठ हजार, १० हजारमा पनि निजी क्षेत्रमा काम गर्नुपर्ने अवस्था छ भन्ने कुरा सुनिरहँदाखेरि योभन्दा भयावह र कहाली लाग्दो अवस्था केही पनि हुन सक्दैन । यो अत्यन्तै चिन्ताको विषय हो । म यहीँबाट भन्न चाहन्छु– यसरी न्यूनतम पारिश्रमिक पनि नदिईकन, तलब, भत्ता पनि नदिईकन काममा लगाउने र श्रमको शोषण गर्ने कुरा कुनै पनि मूल्यमा ठिक हुन सक्दैन । उचित मान्न सकिँदैन । त्यस्ता संस्थाहरूलाई, त्यस्ता निजी अस्पताल र स्वास्थ्य संस्थाहरू जहाँजहाँ छन्, त्यसको राम्रो ढंगले मन्त्रालयबाट अनुगमन हुनेछ । र, त्यस्ता संस्थाहरूलाई आवश्यक कारबाही हाम्रो तर्फबाट हुन्छ,” उनले भने, “म तपाईंहरूलाई विश्वास दिलाउन चाहन्छु । यो प्रस्ट कुरा हो । यसमा सम्झौता हुनेवाला छैन । सम्झौता गरिँदैन । नियमित रूपमा हामी अनुगमन गर्छौँ । त्यस्ता तथ्य र प्रमाणहरू भेटिए भने हामी यसको नवीकरण नगर्ने र खारेज गर्नेसम्मको प्रक्रिया अघि बढाएर जानुपर्ने पनि हुनसक्छ । हामी त्यो काम गर्छौँ । ती कुराहरू तथ्य र प्रमाणको आधारमा तपाईंहरूले पनि सूचना दिनुहोस् । अब नर्सहरूको तलब पनि डिजिटल पेमेन्ट गर्नुपर्छ । त्यसका लागि अनुगमन गरेर मन्त्रालयले आवश्यक व्यवस्था मिलाउनेछ ।”

मन्त्री गिरीले कोरोनाकालमा नर्सहरूले आफ्नो जीवनलाई जोखिममा राखेर स्वास्थ्य क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गरे । उनीहरूलाई आवश्यक तलबभत्तासहितको व्यवस्था मिलाउने प्रतिबद्धता समेत व्यक्त गरे ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १४:०२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC