राजनीति
काठमाडौं । परराष्ट्र मन्त्री विमला राई पौड्याल श्रीलंका भ्रमणमा जाने भएकी छन् ।
उनलाई श्रीलंकाले त्यहाँको ७५औँ स्वतन्त्रता दिवसको अवसरमा निमन्त्रणा गरेको परराष्ट्र मन्त्रालय स्रोतले जानकारी दियो ।
उनी त्यहाँ अतिथिकारुपमा जान लागेको स्रोतले जानकारी दियो ।
श्रीलंकाका परराष्ट्र मन्त्री एमयुएम अली सावरीले पौड्याललाई निमन्त्रणा पठाएको स्रोतले जानकारी दियो ।
*सच्याइएको– यसअघिको समाचारमा भूलबस अमेरिका भ्रमण उल्लेख गरिएकाले सच्याइएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १३:४२
प्रतिक्रिया दिनुहोस्