देश
काठमाडौं । भोजपुरमा आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ ।
४१ वर्षीया गंगा श्रेष्ठको हत्या गरेको आरोपमा अरुण गाउँपालिका–२ बोक्ताङ बस्ने ५५ वर्षीय ज्ञानबहादुर श्रेष्ठलाई शनिबार राति प्रहरीले पक्राउ गरेको हो ।
ज्ञानबहादुरले मादक पदार्थ सेवन गरी सामान्य विवादको कारण आफ्नै श्रीमतीलाई घाँटी थिचेर हत्या गरी खाडलमा पुरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जानकारी दिए ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ १३:१५
प्रतिक्रिया दिनुहोस्