site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
बेपत्ता बालिका मृत फेला
प्रतीकात्मक तस्बिर ।
Sarbottam CementSarbottam Cement

जलेश्वर । महोत्तरीको लोहारपट्टी नगरपालिका–५, डठौरा गाउँबाट शनिबारदेखि हराइरहेकी एक बालिका आइतबार पोखरीमा मृत फेला परेकी छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सन्तोषकुमार पोखरेलका अनुसार स्थानीय अरुण दासकी छोरी चार वर्षीया अंशुकुमारी आज बिहान १० बजे आफ्नै घर पछाडि रहेको पोखरीमा डुबेर मृत्यु भएको अवस्थामा फेला परेकी हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

उनी शनिबार खेल्दाखेल्दै घरबाट हराएकी थिइन् । उनलाई परिवारजन, इष्टमित्र, आफन्तजन र प्रहरीले शनिबार दिनभरि तथा रातभरि सबैतिर खोजतलास गरिसक्दा पनि फेला पारेका थिएनन् ।

आज उनको शव आफ्नै घर पछाडि रहेको पोखरीमा तैरिरहेको अवस्थामा फेला परेको हो । मृतक बालिकाको शव परीक्षणका लागि जिल्ला अस्पताल लैजाने तयारी भइरहेको छ । रासस

Global Ime bank

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  १२:४८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC