देश
काठमाडौं । काठमाडौंको स्वयम्भू, चौमतीस्थित नयाँपुलनजिकै ट्यांकरको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । काठमाडौं महानगरपालिका–२४ का ५५ वर्षीय नरेन्द्रमुनि बज्राचार्यको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका क्रममा स्वयम्भूस्थित मनमोहन मेमोरियल अस्पतालमा मृत्यु भएको जनाइएको छ ।
शनिबार बेलुका करिब ८ बजे प्रदेश ३–०१–००३ क ७५१२ नम्बरको डिजेल बोक्ने ट्यांकरले बा८१प १७८६ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो । उक्त ट्यांकरसहित चालकलाई प्रहरी वृत्त स्वयम्भूले नियन्त्रणमा लिएको छ ।
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९ ०९:५१
प्रतिक्रिया दिनुहोस्