site stats
बाह्रखरी :: Baahrakhari
देश
Nabil BankNabil Bank
धनकुटा महोत्सवमा ठेलमठेल हुँदा ३० जना घाइते
Sarbottam CementSarbottam Cement

धनकुटा । धनकुटा महोत्सवमा शनिबार राति ठेलमठेल हुँदा ३० जना घाइते भएका छन् । तीमध्ये १८ जनालाई धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि पठाइएको प्रहरी उपरीक्षक लक्ष्मीराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार १२ जना धनकुटा अस्पतालमा सामान्य उपचारपछि घर फर्किएका छन् । प्रतिष्ठानमा उपचार हुन नसकी दुई बालबालिकालाई गोल्डेन अस्पताल विराटनगरमा उपचारका लागि पठाइएको उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजयसन्तोषी राईले जानकारी दिए ।

विराटनगर पठाइएका बालबालिका र प्रतिष्ठानमा उपचारत ६ बालबालिकासहित सबैको स्वास्थ्य सुधारोन्मुख रहेको उनले बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

घाइते हुनेमा धनकुटा नगरपालिका–५ बस्ने ३१ वर्षीया विष्णु राई र उनकी ६ वर्षीया छोरा आबिहाङ लिम्बू, ३० वर्षीया विनिता लिम्बू, १३ वर्षीय सविन लिम्बू, ११ वर्षीय सुनील लिम्बू, १२ वर्षीया श्रेया कटुवाल, धनकुटा–७ का प्रकट श्रेष्ठ, ३६ वर्षीया हीरा राणा, ३० वर्षीया आयुषा राई, ५० वर्षीय प्रकाश प्रधान र धनकुटा–४ का १२ वर्षीय प्रवेश राई रहेका छन् ।

यसैगरी, अन्दाजी ४५ वर्षीया गोमा कार्की, २३ वर्षीया अनिषा राई, ४२ वर्षीय नारायण राई, ३४ वर्षीया बुद्धिमाया लिम्बू, १८ वर्षीय सविन पौडेल, ४२ वर्षीय सन्दीप शाह, नाम नखुलेको करिब तीन/चार वर्षका एक बालक रहेका छन् ।

Global Ime bank

सुरक्षाका कारण देखाउँदै महोत्सव स्थगन गर्न जिल्ला प्रशासन कार्यालयले सर्वपक्षीय बैठकको तयारी गरिरहेको निमित्त प्रमुख जिल्ला अधिकारी ममता अधिकारीले जानकारी दिइन् ।

आयोजक संस्था उद्योग वाणिज्य संघका अध्यक्ष राईले सबैसँग छलफल गरेर विधिवत् रूपमा महोत्सवको स्थगन गरिने जानकारी दिए ।

गायक प्रमोद खरेलको प्रस्तुतिसँगै ‘हाउजी बिंगो’ खेलका कारण अत्यधिक भीड भएको महोत्सवको मूलगेटबाट दर्शक एकैचोटि प्रवेश गर्ने क्रममा उक्त घटना भएको प्रहरीले जानकारी दिएको छ ।

यही माघ ६ गतेदेखि जारी प्रादेशिक औद्योगिक व्यापार तथा कृषि मेला एवं एभोकाडो धनकुटा महोत्सव थप दुई दिन थप्ने कार्यक्रम रहेको थियो । रासस

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०९:३७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC