site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
मार्टिनेजको दुई गोलमा इन्टर विजयी
Sarbottam CementSarbottam Cement

काठमाडौं । लाउटारो मार्टिनेजले गरेको दुई गोलमा शनिबार राति क्रेमोनेसलाई २–१ ले हराउँदै इन्टर मिलान इटालियन सिरी ‘ए’को दोस्रो स्थानमा उक्लिएको छ ।

घरेलु टोली क्रेमोनेसले ११औँ मिनेटमा डेविड ओकेरेकेको गोलबाट अग्रता लिएको थियो । २१औँ मिनेटमा पाहुना टोली इन्टरका मार्टिनेजले बराबरी गोल फर्र्काए । इडेन जेकोले हानेको भली घरेलु टोलीका गोलकिपर मार्को कार्नेसेचीले राम्रोसँग बचाउ गर्न नसक्दा प्राप्त बललाई मार्टिनेजले पोष्
श्रटको दिशा दिएका थिए ।

Prabhu Bank
Agni Group
NIC Asia

६५औँ मिनेटमा जेकोकै पासमा मार्टिनेजले अर्को गोल थपेपछि इन्टरले तीन अंक पक्का गर्‍यो ।

जितपछि इन्टरले २० खेलबाट ४० अंक जोडेको छ । त्यो शीर्ष क्लब नेपोलीभन्दा १० अंकले पछाडि हो । तेस्रो स्थानको एसी मिलानभन्दा दुई अंकले माथि हो । इन्टरले एक खेल बढी खेलेको छ । पराजित क्रेमोनेस आठ अंकका साथ अंक तालिकाको पुछारमा छ ।

Global Ime bank

एटलान्टा २–० साम्पडोरिया
गए राति एटलान्टा साम्पडोरियालाई २–० ले हराउँदै चौथो स्थानमा उक्लिन सफल भएको छ । एटलान्टाले २० खेलबाट ३८ अंक जोडेको छ । त्यो तेस्रो स्थानको मिलानसँग अंक बराबरी हो । दोस्रो स्थानको इन्टरभन्दा दुई अंकले पछाडि हो । मिलानले एक खेल कम खेलेको छ । पराजित साम्पडोरिया नौ अंकका साथ पुछारबाट दोस्रो स्थानमा छ ।

सिरी ‘ए’को अर्को खेलमा इम्पोली र टोरिनोले २–२ को बराबरी खेले ।

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०९:२६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC