site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
वैकल्पिक खेलाडी पेड्रीको गोलमा बार्सिलोनाको जित
Sarbottam CementSarbottam Cement

काठमाडौं । स्पेनका युवा मिडफिल्डर पेड्रीले बार्सिलोनाबाट आफ्नो १००औँ खेललाई सुखद बनाएका छन् । पेड्रीले बेन्चबाट आएर गरेको गोलमा बार्सिलोनाले शनिबार राति स्पेनिस ला लिगामा जिरोनालाई १–० ले हराएको छ । यससँगै बार्सिलोनाले शीर्ष स्थानमा ६ अंकको अग्रता लिन सफल भएको छ । 

२० वर्षे मिडफिल्डर पेड्रीले ६१औँ मिनेटमा गरेको गोल बार्सिलोनाको जितमा निर्णायक बन्यो । पेड्री २६औँ मिनेटमा औसमाने डेम्बेलेको स्थानमा मैदान छिरेका थिए । डेम्बेले घाइते भएपछि पेड्री मैदान छिरेका हुन् । 

Prabhu Bank
Agni Group
NIC Asia

जितपछि बार्सिलोनाले १८ खेलबाट ४७ अंक जोडेको छ । जुन दोस्रो स्थानको रियाल मड्रिडभन्दा ६ अंकले आगडि हो । तथापी साविक विजेता रियालले एक खेल कम खेलेको छ । रियालले आज रियाल सोसिडाडविरुद्ध खेल्नेछ । पराजित जिरोना २१ अंकका साथ १२औँ स्थानमा छ । 

गएराति सेभियाले इल्चेलाई ३–० ले हरायो । जितपछि २१ अंक जोडेको सेभिया १३औँ स्थानमा भने इल्चे अंक तालिकाको पुछारमा छ ।  कार्डिजले मायोर्कालाई २–० ले हराएको छ भने अल्मेरियाले स्पानियोलाई ३–१ ले हरायो । त्यस्तै रियाल बेटिसले गेटाफेलाई १–० ले पराजित गर्यो । 

Global Ime bank


 

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०९:०९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
कतारका अमिर थानीसँगको अपेक्षा
कतारका अमिर थानीसँगको अपेक्षा
ICACICAC