site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नागरिकता लिने प्रक्रियामा रवि लामिछाने, जिल्ला प्रशासन कार्यालय जाने तयारी 
Sarbottam CementSarbottam Cement

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले पुनः नागरिकता लिने प्रक्रिया सुरु गर्दैछन् ।

आज उनी जिल्ला प्रशासन कार्यालय गएर नागरिकता लिने प्रक्रिया सुरु गर्ने तयारी भएको सो पार्टी निकट स्रोतले जानकारी दिएको छ ।

Prabhu Bank
Agni Group
NIC Asia

सर्वोच्च अदालतले गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको सांसद पद खारेज गरिदिएपछि उनले पुनः प्रक्रिया सुरु गर्न लागेका हुन् ।

उनले अमेरिकाको नागरिकता लिएको समयमा पनि नेपालको नागरिकता त्याग नगरी पुनः नेपाल आएर पुरानै नागरिकताअनुसार कामकारवाही गरेको भन्दै सर्वोच्चमा रिट परेको थियो ।

Global Ime bank

सर्वोच्च अदालतले शुक्रबार लामिछानेलाई ‘अयोग्य’ ठहर गर्दै सांसद पद खारेज गरिदिएको छ ।

वरिष्ठ अधिवक्ता टीकाराम भट्टराईले अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जिल्ला प्रशासन कार्यालयमा पुनः नागरिकता गरीपाउँ भनी निवेदन दिएर नयाँ नागरिकता लिनुपर्ने बताए ।

“अमेरिकाको नागरिकता त्याग गरेको निस्सासहित जानुपर्छ,” उनले भने, “अहिले नागरिकता लिँदा विवरण पुरानै आउँछ तर जारी मितिमात्रै अहिले पछिल्लो आउँछ ।”

NIBLNIBL
प्रकाशित मिति: आइतबार, माघ १५, २०७९  ०८:५६
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC