site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
प्रधानमन्त्रीले सम्हाल्दै छन् तीन मन्त्रालयको जिम्मेवारी
फाइल तस्बिर ।
Sarbottam CementSarbottam Cement

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अहिले तीन मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहेक उनले वन तथा वातावरण, युवा तथा खेलकुद र गृह मन्त्रालयको जिम्मेवारी सम्हालेका हुन् ।

मन्त्रिपरिषद् विस्तारपछि उनले दुई मन्त्रालय आफूसित राखेका थिए । शुक्रबार रवि लामिछानेले उपप्रधान एवं गृहमन्त्रीबाट राजीनामा दिएपछि त्यसको कार्यभार पनि प्रधानमन्त्रीले सम्हालेका हुन् ।

Prabhu Bank
Agni Group
NIC Asia

यही माघ ३ गते मन्त्रिपरिषद् विस्तार गरिएको थियो । प्रधानमन्त्रीले वन तथा वातावरण र युवा तथा खेलकुद मन्त्रालय आफैँसित राखेका थिए । त्यति बेला तीन राज्यमन्त्रीसहित २३ सदस्यीय मन्त्रिपरिषद् बनाइएको थियो । लामिछानेको बहिर्गमनसँगै अहिले मन्त्रिपरिषद् २२ सदस्यीय छ ।

गएको पुस १० गते प्रचण्ड तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भएका थिए । त्यसको भोलिपल्ट आठ सदस्यीय मन्त्रिपरिषद् गठन गरी उनले पद तथा गोपनीयताको शपथ लिएका थिए ।

Global Ime bank

asdfmg1674920287.JPG

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  २१:१७
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC