site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
नेताले गफ बढी गर्छन्, काम गर्दैनन् भन्ने बुझाइ छ : गुरुङ
धनराज गुरुङ
Sarbottam CementSarbottam Cement

वालिङ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले निर्वाचित जनप्रतिनिधिहरूले गफभन्दा पनि काम गरेर देखाउनुपर्ने बताएका छन् ।

गएको मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा स्याङ्जा क्षेत्र नम्बर–२ बाट विजयी भएसँगै मतदातालाई धन्यवाद दिनेक्रममा शनिबार वालिङ–८, बीपीचोकमा आयोजित कार्यक्रममा उनले कामबाट प्रमाणित गर्नुपर्ने जिम्मेवारी आफूमाझ रहेको बताए ।

Prabhu Bank
Agni Group
NIC Asia

“जनता धेरै सचेत हुनुहुन्छ, धेरै बुझ्नुभएको छ । नेताले गफ बढी गर्छन्, काम गर्दैनन् भन्ने बुझाइ छ,” उनले भने, “यो पाँच वर्षमा देखिने गरी काम गर्नुपर्छ । काम देखे मात्र जनताले विश्वास गर्नुहुन्छ । नत्र यी पनि उस्तै हुन् पक्कै भन्नुहुनेछ ।”

स्याङ्जा–२ का जनताले निर्वाचनका बेला अमूल्य मत दिएर आफूलाई विजयी गराएकाले पनि यहाँको विकास निर्माण तथा जनताको जीवनस्तर परिवर्तन गर्ने उनले बताए ।

Global Ime bank

निर्वाचनका बेला जनतामाझ गरेका प्रतिबद्धता पूरा गरेरै छाड्ने उनले जिकिर गरे । “यहाँका जनताले नेपाली कांग्रेस तथा मलाई विश्वास गरेर जिम्मेवारी बोकाइदिनुभएको छ,” उनले भने, “जनताको अमूल्य मतबाट प्राप्त जिम्मेवारीलाई पूरा गरेरै छाड्छु । विश्वस्त हुनुहोस्, बीचमै छाड्दिनँ ।”

धन्यवाद ज्ञापन गर्ने क्रममा गण्डकी प्रदेशसभा सदस्य भोजराज अर्याल, कल्पना तिवारीले निर्वाचनका बेला आफूहरूले अगाडि सारेको घोषणापत्रको पूर्ण कार्यान्वयनमा जोड दिने प्रतिबद्धता जनाए । विजयी भएका प्रतिनिधिसभा र प्रदेशसभा सदस्यले कार्यतालिका नै बनाएर मतदातालाई धन्यवाद दिन घरदैलो तथा टोलटोलमा पुगेका हुन् । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  २०:३९
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC