site stats
बाह्रखरी :: Baahrakhari
खेल
Nabil BankNabil Bank
गण्डकी र एपीएफलाई टाइगर कप भलिबलको उपाधि
Sarbottam CementSarbottam Cement

कास्की । घरेलु टोली गण्डकी प्रदेश र सशस्त्र प्रहरीको एफीएफ क्लब पोखरामा भएको ‘तेस्रो टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय आमन्त्रित खुला क्लब च्याम्पियनसिप महिला तथा पुरुष भलिबल प्रतियोगिता, २०७९’ च्याम्पियन भएका छन् ।

पोखरा रंगशालामा शनिबार सम्पन्न प्रतिस्पर्धात्मक फाइनल खेलमा पुरुषतर्फ सशस्त्र प्रहरीको एपीएफलाई ३–२ को सेटमा पराजित गर्दै घरेलु टोली गण्डकीले उपाधिसँगै नगद पाँच लाख रुपैयाँ पुरस्कार पायो ।

महिलातर्फ त्रिभुवन आर्मी क्लबलाई पराजित गरी एपीएफले लगातार दोस्रोपटक उपाधि जित्यो । एपीएफ अघिल्लो संस्करणको विजेता हो ।

Prabhu Bank
Agni Group
NIC Asia

पुरुषतर्फको फाइनलमा घरेलु दर्शकको साथ पाएको गण्डकीले पहिलो सेट २५–१६ ले एपीएफलाई सुम्पियो । दोस्रो र तेस्रो सेटमा उत्कृष्ट प्रदर्शन गर्दै क्रमशः २५–१८ र २५–१९ ले खेल आफ्नो पक्षमा पार्न गण्डकी सफल भयो । चौथो सेटमा गण्डकीले अग्रता जोगाउन नसक्दा २८–२६ ले एपीएफलाई नतिजा सुम्पियो ।

निर्णायक सेटको खेलमा गण्डकीले एपीएफलाई सुरुआतबाटै अग्रता बनाउँदै दबाबमा राख्न सफल भयो । अन्तिम सेट १५–८ ले आफ्नो पक्षमा पार्दै गण्डकीले दोस्रोपटक उपाधि चुम्दा एपीएफ उपविजेता बनेर दुई लाख ५० हजार रुपैयाँ नगदसहित ट्रफी पुरस्कार पाउन सफल भयो ।

Global Ime bank

महिलातर्फको प्रतिस्पर्धामा पहिलो सेट २५–२० ले जितेको एपीएफले दोस्रो सेट आर्मीलाई २५—२२ ले सुम्पियो । तेस्रो सेटमा २५–८ ले खेल आफ्नो पक्षमा पारेको एपीएफले चौथो सेट २५–२२ अंकले जित्दै विजेता बनेको हो । च्याम्पियन एपीएफले नगद पाँच लाख रुपैयाँ पुरस्कार प्राप्त गर्दा उपविजेता आर्मीले दुई लाख ५० हजार पुरस्कारमा चित्त बुझायो ।

प्रतियोगितामा पुरुषतर्फ नेपाल पुलिस क्लबले तेस्रो स्थान हासिल गर्न सफल भएको छ । साविक विजेता समेत रहेको आर्मीलाई ३–१ को सेटमा पराजित गर्दै पुलिसले तेस्रो स्थानसहित एक लाख २५ हजार रुपैयाँ पुरस्कार पायो । आर्मीले चौथो स्थान हासिल गर्दै ६५ हजार रुपैयाँ पुरस्कार पायो ।

महिलातर्फ होङवान्जी न्यु डायमन्ड स्पोर्ट्स क्लबले तेस्रो स्थान प्राप्त गर्‍यो । न्यु डायमन्डले नगद एक लाख २५ हजार प्राप्त गर्दा प्रतियोगितामा चौथो स्थान प्राप्त गरेको गण्डकीले नगद ६५ हजार रुपैयाँ हात पार्‍यो ।

प्रतियोगितामा महिलातर्फ एपीएफका सरस्वती चौधरी र पुरुषतर्फ गण्डकीका रवि केसी सर्वोत्कृष्ट खेलाडी घोषित हुँदै जनही २५ हजार र ट्रफी पुरस्कार प्राप्त गरे ।

उत्कृष्ट पाँच विधामा महिलातर्फ उत्कृष्ट सेटर न्यु डायमन्डका प्रगतिनाथ, सर्भर गण्डकीका अरुणा शाही, ब्लकर आर्मीका संगम महतो, लिब्रो आर्मीका सरस्वती जैसी, स्पाइकर एपीएफका निरुता ठगुन्ना र प्रशिक्षक एपीएफका महेश चौधरी घोषित भए ।

पुरुषतर्फ उत्कृष्ट सेटर गण्डकीका विवश आले, लिब्रो एपीएफका विनोद चन्द, सर्भर गण्डकीका घनश्याम चौधरी, स्पाइकर एपीएफका टेकराज वस्ती, ब्लकर गण्डकीका नितिश र प्रशिक्षक गण्डकीका रमेश केसी घोषित भए ।

प्रतियोगितामा विजेता टोली तथा उत्कृष्ट खेलाडीलाई राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव टंकलाल घिसिङ, गण्डकी प्रदेशसभा सदस्यद्वय लीलाबहादुर थापा, प्रकाश बराल व्यक्तिलगायतले नगद, ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए ।

भलिबल खेलको विकास गरी देशका लागि आवश्यक राष्ट्रिय र अन्तर्राष्ट्रियस्तरका खेलाडी उत्पादनको लक्ष्यसहित टाइगर ग्रुप अफ पोखरा नेपालले यही माघ ८ गतेदेखि प्रतियोगिता आयोजना गरेको हो । रासस

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  २०:०८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
नबिर्सौँ भूकम्पले सिकाएको पाठ !
ICACICAC