site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
सुवास नेम्वाङ भन्छन्, 'संविधानमा जुनसुकै समस्याको समाधान छ'
Sarbottam CementSarbottam Cement

काठमाडौं । नेकपा (एमाले)का उपाध्यक्ष सुवास नेम्वाङले मुलुकका भएका जुनसुकै समस्यालाई संविधानबाट समाधान गर्न सकिने बताएका छन् । 

एमालेले आज ललितपुरस्थित पार्टी मुख्यालयमा सहिद दिवसको अवसरमा आयोजित ‘सहिद स्मृति कार्यक्रम’मा उनले संविधानमा जुनुसुकै कुराको जवाफ रहेकाले मुलुकका समस्या समाधान गरिने बताए । उनले देश अप्ठ्यारो, कमीकमजोरीमा परेको बेला राजनीतिक दलका नेताहरूले अहिलेको ठाउँसम्म ल्याइपुर्‍याएको उल्लेख गर्दै दलका नेताहरूले देशलाई सकारात्मक दिशातिर पुर्‍याउने धारणा राखे ।

Prabhu Bank
Agni Group
NIC Asia

उनले छिमेकी मुलुक भारतमा संविधान स्वीकार्य गर्न १० वर्ष लागेको उल्लेख गर्दै तर नेपालमा ६ वर्षमा नै संविधान कार्यान्वयन गरिएको बताए । उनले जनताले निर्माण गरेको संविधान विगतको जस्तो आठ/दश वर्षमा भत्कने अवस्था नरहेको बताए । 

“जनताले जनताका निम्ति बनाएको संविधान हो,” उनले भने, “यो संविधान कुनै राणा शासन, राजाले नभई जनताले आफैँ बनाएको हुनाले आठ/दश वर्षमा भत्कने अवस्थाको खतरा छैन ।” 

Global Ime bank

उनले सहिद सम्मानमा राजनीतिक दलबीच समझदारी गरी निर्माण गरिएको संविधानको कार्यान्वयन गर्दै जाने र आवश्यकताअनुसार परिवर्तन र परिमार्जन गर्दै जानुको विकल्प नभएको बताए । 

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १८:१२
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC