site stats
बाह्रखरी :: Baahrakhari
राजनीति
Nabil BankNabil Bank
संसद्का महासचिव गौतम भन्छन्– संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याऔँ
फाइल तस्बिर।
Sarbottam CementSarbottam Cement

काठमाडौं । संघीय संसद् सचिवालयका महासचिव भरतराज गौतमले संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन आग्रह गरेका छन् । 

शनिबार काठमाडौंमा भएको संसदीय अध्ययन तथा विकास संस्थापना अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय संघीयताको विषयलाई लिएर विभिन्न प्रश्न उठिरहेको भन्दै संघीयतामाथि प्रश्न गरेर द्वन्द्व ननिम्त्याउन सम्बन्धित पक्षहरुलाई आग्रह गरे । 

Prabhu Bank
Agni Group
NIC Asia

हरेक १५ वर्षमा देशको संरचना परिवर्तन गरेर जान नसकिने स्पष्ट पार्दै महासचिव गौतमले संघीयतामाथि प्रश्न उठाउँदै जाने हो भने सबै ठूलो संकटमा पर्ने बताए । संघीयतालाई जति ठूलो विषय बनाइन्छ त्यति नै फस्दै जाने सम्भावना रहेको उनको भनाइ छ । 

“संघीयतालाई फेरि अर्को क्वेशन गरेर यसलाई द्वन्द्व निम्त्याउनु छ र हामीले ? सकौँला ? हामी सधैँ १०÷१५ वर्षमा कन्स्टिट्युसन फेर्र्दै जाने ? हामी यही नै हो त, हामी यहाँबाट परिष्कृत हुने हो,” उनले भने, “हामीले जाने बाटोमा अब फेरि संघीयतालाई ब्याक गरेर हामीले हेरौँ न, त्यो संघीयताको विषयलाई जोडदार उठाउने पार्टी र समुदाय पनि उनीहरु के हुन्छन् ? हामी निकै नै ठूलो भड्खारोमा पर्न जाने सम्भावना बढी नै छ । संघीयतालाई झनै ठूलो विषय बनाए हामी झनै फस्छौँ ।”

Global Ime bank

फरक प्रसंगमा महासचिव गौतमले तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई महाभियोग निष्प्रभावीबारे लेखेको पत्र आफ्नो प्रशासनिक कुरा भएको र आफूले बारम्बार सोचेर लेखेको भन्दै सही र गलत भन्ने कुरा अदालतले फैसला गर्ने बताए ।

NIBLNIBL
प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १७:३८
Sipradi LandingSipradi Landing
worldlinkworldlink
प्रतिक्रिया दिनुहोस्
Ncell Side Bar LatestNcell Side Bar Latest
Bhatbhateni IslandBhatbhateni Island
cg detailcg detail
Kumari BankKumari Bank
Shivam Cement DetailShivam Cement Detail
Maruti cementMaruti cement
सम्पादकीय
ICACICAC